images

२०८३ आश्विन २ गते

images
images
images
  • कृषि
  • ताइवानी अम्बा खेतीबाट एक सिजनमै साढे...

ताइवानी अम्बा खेतीबाट एक सिजनमै साढे २ लाख कमाइ

ताइवानी अम्बा खेतीबाट एक सिजनमै साढे २ लाख कमाइ

images
images
बिहिवार, भाद्र ४ २०८३
बिहिवार, भाद्र ४ २०८३
  • काठमाडौँ । बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार वर्षअघि आफ्नो एक बिघा खेतमा ताइवानी अम्बा लगाउने निर्णय गर्दा भविष्यको आम्दानीबारे खासै अनुमान थिएन।धान र तोरी फलाउँदै आएको खेतमा सुरु गरिएको अम्बा खेतीले अहिले उनलाई परम्परागत खेतीभन्दा राम्रो आम्दानी दिन थालेको छ।'व्यावसायिक रूपमा गरेको अम्बा खेतीबाट एक ‘सिजन’मा करिब दुई लाख ५० हजार रूपैयाँसम्म आम्दानी हुन्छ,' विष्टले भनिन्।

    images
    images

    उनका अनुसार अम्बाको वर्षमा दुई सिजन उत्पादन हुन्छ। धान र तोरी खेती गर्दै आएको खेतमा व्यावसायिक अम्बा खेती सुरु गर्दा सुरुमा केही जोखिम लिएजस्तो लागे पनि अहिले आम्दानी राम्रो हुन थालेपछि सन्तुष्ट रहेको उनी बताउँछिन्।'अम्बा खेतीमा अरू खेतीको जस्तो धेरै मेहनत गर्नुपर्दैन। त्यसैले अन्न फल्ने खेतमा व्यावसायिक रूपमा अम्बा लगायौं। अहिले आम्दानी पनि सोचेजस्तै हुन थालेको छ,' उनले भनिन्।भारतबाट बिरुवा ल्याएर अम्बा खेती सुरु गरेकी विष्टको बगैँचामा अहिले मुख्य रूपमा ताइवानी प्रजातिका अम्बा छन्। केही स्थानीय जातका बिरुवा पनि लगाइएको छ। उत्पादन भएको अम्बालाई किरा र चराचुरुङ्गीबाट जोगाउन उनले फलमा प्लास्टिकको प्याकिङ गर्ने प्रविधि अपनाएकी छन्।

    'प्लास्टिकले प्याक गर्दा फल किरा र सुगाबाट जोगिन्छ, रङ पनि राम्रो देखिन्छ र बजारमा आकर्षक हुन्छ,' उनले भनिन्।अम्बाबाट व्यावसायिक आम्दानी लिन थालेको भने डेढ वर्ष मात्र भएको विष्टले सुनाइन्।धान र गहुँको तुलनामा अम्बा खेती गर्न सहज रहेको उनको अनुभव छ।'बिस्तारै गर्दै जाँदा राम्रो होला भनेर सुरु गरेकी हुँ। अहिले ठीकठीकै आम्दानी भइरहेको छ, नराम्रो छैन,' उनले भनिन्।अम्बा पाकेपछि प्रायः आफैँले टिप्ने गरेको उनी बताउँछिन्।ठेक्कामा बगैँचा दिँदा खरिदकर्ताले नै फल टिपेर लैजान्छन्। अम्बा बिक्रीका लागि बजारको समस्या नरहेको उनको अनुभव छ। बगैँचामा अम्बा तयार भएपछि व्यापारीहरू आफै आउने गरेका छन्। कतिपय ग्राहकले घरबाटै खरिद गर्ने गरेका छन् भने मुख्य रूपमा मण्डीका व्यापारीले खरिद गरी नेपालगञ्ज बजारमा लैजाने गरेका छन्।हाल विष्टको बगैँचामा उत्पादित अम्बाको मुख्य बजार नेपालगञ्ज हो।परम्परागत खेतीबाट व्यावसायिक फलफूल खेतीतर्फ लागेकी उनी आगामी दिनमा अम्बा खेती विस्तार गर्दै आम्दानी बढाउने योजनामा रहेको सुनाउँछिन्।'अहिलेको आम्दानीले हौसला बढाएको छ। मेहनत गर्दै गए भविष्यमा अझ राम्रो आम्दानी गर्न सकिन्छ भन्ने विश्वास छ,' विष्टले भनिन्।उनको यो व्यावसायिक खेतीको स्थानीयस्तरमा प्रशंसा मात्रै भएको छैन, अन्यले समेत अनुसरण गर्ने सोच बनाएका छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend