images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • गुडविल र बेस्ट फाइनान्सको नाफामा उछाल,...

गुडविल र बेस्ट फाइनान्सको नाफामा उछाल, सञ्चित नोक्सानीले रोक्यो लाभांश

गुडविल र बेस्ट फाइनान्सको नाफामा उछाल, सञ्चित नोक्सानीले रोक्यो लाभांश

images
images
बिहिवार, भाद्र ४ २०८३
बिहिवार, भाद्र ४ २०८३
  • काठमाडौँ । केही वर्षयता बैंकिङ क्षेत्र नै कर्जा असुलीको समस्याका कारण जोखिममा रह्यो। अहिले पनि जोखिम पूरै टरेको छैन। तर कतिपयमा यसको प्रभाव कम हुँदै गइरहेको छ।प्रभाव कम हुँदै जाँदा बैंक तथा वित्तीय संस्थाले यसअघि नोक्सानी व्यवस्थामा राखेको रकम फिर्ता ल्याउन पाइरहेका छन्। यसले उनीहरूको नाफामा गुणात्मक वृद्धि देखिन थालेको छ।वित्त कम्पनीहरूमध्ये कतिपयमा यस्तो वृद्धि देखिएको छ। केही कम्पनीहरू ९० प्रतिशतसम्म निष्क्रिय कर्जाको भारी बोकेर बसिरहँदा केहीको यस्तो कर्जामा मात्रै सुधार भएको छैन, नाफा पनि गुणात्मक बढेको छ।

    images
    images

    यस्तै कम्पनी हुन् गुडविल फाइनान्स र बेस्ट फाइनान्स।

    गुडविल फाइनान्स

    images
    images

    २०५५ सालदेखि सेयर कारोबार भइरहेको गुडविलको नाफा २७ गुणा बढेको छ।आर्थिक वर्ष २०८१–८२ मा ५१ लाख रूपैयाँ नाफा गरेको यो फाइनान्सले आर्थिक वर्ष २०८२–८३ मा १४ करोड १५ लाख रूपैयाँ नाफा गरेको हो।यसको मुख्य व्यवसायको आधार खुद ब्याज आम्दानी पनि ६३ प्रतिशत बढेको छ। यस्तो आम्दानी १९ करोड रूपैयाँबाट बढेर ३१ करोड रूपैयाँ पुगेको छ।गुडविलको शुल्क, कमिसनबाट हुने र अन्य आम्दानी पनि बढेको छ। यसले पनि नाफामा सुधार भएको हो। त्यस्तै, यसअघि नोक्सानी व्यवस्थामा राखेको चार करोड पाँच लाख रूपैयाँ फिर्ता ल्याएको छ।यसको वितरण योग्य मुनाफा २२ करोड रूपैयाँ देखिएको छ। तर यसअघिको सञ्चित नोक्सान घटाउँदा लाभांश दिन सक्ने अवस्था देखिँदैन। यसअघि ५८ करोड ८५ लाख रूपैयाँ सञ्चित नोक्सानी थियो। यसपालि वितरण योग्य मुनाफा २२ करोड रूपैयाँबाट यस्तो नोक्सानी केही घट्ने देखिएको छ। अहिले पनि यो ३६ करोड रूपैयाँ सञ्चित नोक्सानमा छ।

    त्यसैले यसले यस वर्ष लाभांश दिन सक्ने छैन। यसले २०७७–७८ देखि नै लाभांश दिन सकेको छैन।यसको निष्क्रिय कर्जा भने सुधार भइरहेको छ। गत चैतसम्ममा ९.८६ प्रतिशत निष्क्रिय कर्जा रहेकामा असारमा यो घटेर ६.२७ प्रतिशत भएको छ। यसको हाल प्रतिसेयर आम्दानी १४.९४ रूपैयाँ छ। यसअघि ०.५४ रूपैयाँ थियो।यसको प्रतिसेयर नेटवर्थ २११ रूपैयाँ छ।यसको एक वर्षयताको उच्च मूल्य ७३८ रूपैयाँ र न्यून मूल्य ५२८ रूपैयाँ छ। हाल यसको मूल्य आठ महिनायताकै न्यून विन्दुमा छ।बुधबार गुडविलको सेयर ५९१ रूपैयाँमा कारोबार भयो। घट्दो क्रममा रहेको मूल्यले बुधबार इन्भर्टेड ह्यामर आकृति बनाएको छ। यसले बजार घट्न रोकिन सक्ने संकेत गर्छ। तर दरिलो संकेत होइन।

    बेस्ट फाइनान्स

    २०७० सालमा समस्याग्रस्त घोषणा भएको जनरल फाइनान्स सुधारपछि बेस्ट फाइनान्सको नामबाट सञ्चालनमा आएको हो। यही कारण यसको २०६४ सालदेखि नै सेयर कारोबार भइरहेको मानिन्छ।सुधारिएर आए पनि पछिल्लो समय समग्र क्षेत्रमै परेको प्रभाव बेस्ट फाइनान्समा पनि देखिएको छ।आर्थिक वर्ष २०८२–८३ मा यसको नाफा ३४ गुणा वृद्धि भएको छ। यसअघि २० लाख रूपैयाँ नाफा भएकामा यसपालि ६ करोड ९७ लाख रूपैयाँ नाफा कमाएको छ।खुद ब्याज आम्दानी घटे पनि यसअघि नोक्सानी व्यवस्थामा राखिएको रकम फिर्ता ल्याएको कारण नाफा बढेको हो।यसको खुद ब्याज आम्दानी १३ करोड रूपैयाँबाट घटेर ११ करोड रूपैयाँ भएको छ। यसले नोक्सानी व्यवस्थामा राखेको १४ करोड ९१ लाख रूपैयाँ फिर्ता ल्याएको हो।बेस्टले पनि लाभांश दिन सक्ने देखिँदैन। यसको ४५ करोड रूपैयाँ सञ्चित नोक्सानी छ। यसअघि यस्तो नोक्सानी ५५ करोड रूपैयाँ थियो।

    यसले २०६७–६८ सालदेखि नै लाभांश दिन सकेको छैन।यसको निष्क्रिय कर्जामा सुधार देखिँदै गएको छ। अघिल्लो आर्थिक वर्ष २०८१–८२ मा यस्तो कर्जा १४.४३ प्रतिशत रहेकामा यो असारमा १०.७० प्रतिशत छ।यसअघि ऋणात्मक रहेको प्रतिसेयर आम्दानी ७.८४ रूपैयाँले धनात्मक भएको छ। त्यस्तै, प्रतिसेयर नेटवर्थ ११३ रूपैयाँ छ।विगत एक वर्षमा यसको सेयरले ५६२ रूपैयाँमा उच्च विन्दु बनाएको छ। न्यूनतम ४११ रूपैयाँमा कारोबार भएको छ।बुधबार यसको सेयर ४७६ रूपैयाँमा कारोबार भयो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend