images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • सन नेपाल लाइफद्वारा बागमती प्रदेशका उत्कृष्ट...

सन नेपाल लाइफद्वारा बागमती प्रदेशका उत्कृष्ट अभिकर्ता सम्मानित

सन नेपाल लाइफद्वारा बागमती प्रदेशका उत्कृष्ट अभिकर्ता सम्मानित

images
images
बिहिवार, भाद्र ४ २०८३
बिहिवार, भाद्र ४ २०८३
  • काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बागमती प्रदेशअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने Agency Development Manager (ADM) तथा Emerging Sun Club मा योग्य अभिकर्ताहरूलाई सम्मान तथा अवार्ड प्रदान गरेको छ। भाद्र ३ गते भक्तपुरको राधे–राधेस्थित रोयल थाई हस्पिटालिटीमा आयोजित कार्यक्रममा बागमती प्रदेशअन्तर्गतका विभिन्न शाखाका एडीएम, उत्कृष्ट अभिकर्ता, शाखा प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख बजार अधिकृत गणेश चौलागाईंको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बागमती प्रदेश प्रमुख लोकमाया अधिकारी तथा क्षेत्रीय प्रबन्धकहरू सनत सत्याल, मुरारी प्रसाद तिवारी र आलोक खड्कालगायतको उपस्थिति थियो। कार्यक्रमको स्वागत मन्तव्य क्षेत्रीय प्रबन्धक आलोक खड्काले दिएका थिए।का

    images
    images

    र्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने एडीएम तथा इमर्जिङ सन क्लबमा योग्य अभिकर्तालाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो। साथै, एमडीआरटी हासिल गर्न सफल अभिकर्ताहरूलाई विशेष सम्मान गरिएको कम्पनीले जनाएको छ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख बजार अधिकृत गणेश चौलागाईंले बागमती प्रदेशका अभिकर्ताहरूले कम्पनीको व्यावसायिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै बधाई तथा शुभकामना व्यक्त गरे। उनले आगामी दिनमा पनि उत्कृष्ट नतिजा हासिल गर्न अभिकर्ताहरूलाई प्रोत्साहित गर्दै कम्पनीले अभिकर्तामुखी योजना, कार्यक्रम तथा प्रोत्साहनमूलक स्किमलाई निरन्तरता दिने बताए।त्यस्तै, प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले सन नेपाल लाइफले आफ्नो छुट्टै व्यावसायिक पहिचान बनाउन सफल हुनुमा अभिकर्ता तथा एजेन्सी सञ्जालको मेहनत, लगनशीलता र योगदान महत्वपूर्ण रहेको बताए। उनले अभिकर्ताहरूलाई थप सक्षम, सशक्त र व्यावसायिक बनाउँदै कम्पनीको व्यवसाय विस्तारलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।

    बागमती प्रदेश जीवन बीमा व्यवसाय विस्तारका लागि महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै अर्यालले अभिकर्ताहरूको सक्रियता र नेतृत्व क्षमताले कम्पनीलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे। कार्यक्रममा विभिन्न शाखाका एडीएम, उत्कृष्ट अभिकर्ता, एमडीआरटी एचिभर्स शाखा प्रमुख, रिजिनल म्यानेजर तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। सहभागीहरूका अनुसार कार्यक्रमले अभिकर्ताबीचको आपसी सम्बन्ध, नेतृत्व विकास, उत्प्रेरणा तथा व्यावसायिक क्षमता अभिवृद्धिमा सकारात्मक योगदान पुर्‍याएको छ।सन नेपाल लाइफ इन्स्योरेन्सले हाल देशभर १५० भन्दा बढी शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको जनाएको छ। कम्पनीले अभिकर्ता सञ्जाललाई थप सशक्त बनाउँदै बीमाको पहुँच विस्तार, ग्राहक सेवा सुधार तथा दिगो व्यावसायिक विकासलाई प्राथमिकतामा राखेको जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend