images

२०८३ आश्विन २ गते

images
images
images
  • अर्थतन्त्र
  • नेपालको अर्थतन्त्रमा सुधारका सङ्केत देखिन थालेका...

नेपालको अर्थतन्त्रमा सुधारका सङ्केत देखिन थालेका छन्ः परराष्ट्रमन्त्री

नेपालको अर्थतन्त्रमा सुधारका सङ्केत देखिन थालेका छन्ः परराष्ट्रमन्त्री

images
images
शनिवार, भाद्र ६ २०८३
शनिवार, भाद्र ६ २०८३
  • काठमाडौँ, ६ भदौः परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अर्थतन्त्रमा क्रमशः सुधारका सङ्केत देखिन थालेको बताएका छन् ।

    images
    images

    राष्ट्रिय स्वतन्त्र पार्टी टोखा नगरपालिका–१ कार्यसमितिले आज झोरमा आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री खनालले नेपालको आर्थिक क्षेत्र क्रमशः सुधारको बाटोमा अगाडि बढेको बताएका छन् । उनले अघिल्लो आर्थिक वर्षको साउन महिनाको तुलनामा यस वर्ष साउनमा कर सङ्कलनमा १० प्रतिशतले वृद्धि भएको बताएका छन् । बजारमा सकारात्मक चहलपहल सुरु भएको र यसले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुगेको उनको भनाइ छ ।

    मन्त्री खनालले साउन महिनामा नेपाली बैंकको नेतृत्वमा जलविद्युत् आयोजनामा लगानी गर्ने निर्णय भएको भन्दै यसले नेपालको अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । नयाँ बजेट कार्यान्वयनमा आएपछि निजी क्षेत्रको आत्मविश्वास बढ्दै गएको र आउने वर्षमा सेयर बजारमा पनि सकारात्मक सुधार आउने प्रक्षेपण गरिएको उनले बताएका छन् ।

    images
    images

    काठमाडौँ क्षेत्र नं ६ का सांसदसमेत रहनुभएका मन्त्री खनालले काठमाडौँको सवारी चाप कम गर्न गोङ्गबु क्षेत्रमा फ्लाईओभर निर्माण गर्ने र साङ्ला खोला करिडोरलाई अन्तरराष्ट्रिय राजमार्गसँग जोड्ने योजना अगाडि बढाइएको उल्लेख गरेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend