images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तबीच...

स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तबीच भदौ २१ गतेदेखि एकीकृत कारोबार गर्ने

स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तबीच भदौ २१ गतेदेखि एकीकृत कारोबार गर्ने

images
images
आइतवार, भाद्र ७ २०८३
आइतवार, भाद्र ७ २०८३
  • काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी भदौ २१ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ। प्राप्तिपछि दुवै संस्थाको कारोबार स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट सञ्चालन हुनेछ। एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंक र कम्पनी रजिस्ट्रारको कार्यालयबाट आवश्यक स्वीकृति प्राप्त भइसकेको कम्पनीले जनाएको छ।प्राप्तिसम्बन्धी प्रस्ताव स्वरोजगार लघुवित्तको जेठ १ गते सम्पन्न विशेष साधारण सभा र विन नेपाल लघुवित्तको जेठ ५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको थियो। कम्पनीका अनुसार एकीकृत कारोबार सुरु हुने दिन दुवै वित्तीय संस्थाका सम्पूर्ण कारोबार बन्द रहनेछन्। त्यसपछि प्राप्तिपश्चात् कायम हुने संस्थाले नियमित रूपमा वित्तीय सेवा सञ्चालन गर्नेछ।

    images
    images

    एकीकृत कारोबारपछि कम्पनीको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपा–५ मा रहनेछ। दुवै लघुवित्त कम्पनी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत छन्। हाल स्वरोजगार लघुवित्तको ८९ लाख ५६ हजार ३३७ कित्ता र विन नेपाल लघुवित्तको ८ लाख ४३ हजार ४०६ कित्ता शेयर दोस्रो बजारमा सूचीकृत रहेको छ। प्राप्तिपछि दुई लघुवित्तको कारोबार एकीकृत भएसँगै संस्थाको व्यवसायिक आकार विस्तार हुनुका साथै सञ्चालन क्षमता र पहुँच थप बढ्ने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend