images

२०८३ आश्विन २ गते

images
images
images
  • कृषि
  • देशभर ९८ प्रतिशत धान रोपाइँ सकियो,...

देशभर ९८ प्रतिशत धान रोपाइँ सकियो, सुदूरपश्चिममा शतप्रतिशत

देशभर ९८ प्रतिशत धान रोपाइँ सकियो, सुदूरपश्चिममा शतप्रतिशत

images
images
आइतवार, भाद्र ७ २०८३
आइतवार, भाद्र ७ २०८३
  • काठमाडौँ । यस वर्ष हालसम्म देशभर धान रोपाइँको अवस्था निकै उत्साहजनक देखिएको छ। कृषि विभागले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार देशभरका कुल धानखेती योग्य जमिनमध्ये ९८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ।गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष रोपाइँको दरमा झण्डै २ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष यसै समयसम्म ९६.०८ प्रतिशत मात्र रोपाइँ भएको थियो। विभागको तथ्याङ्क अनुसार देशभर हालसम्म १३ लाख ४१ हजार ७ सय ६४ हेक्टरमा धान रोपाइँ सकिएको छ।

    images
    images

    प्रदेशगत विवरण हेर्दा सुदूरपश्चिम प्रदेशले रोपाइँमा सबैभन्दा अग्रस्थान हासिल गरेको छ। सुदूरपश्चिममा १ लाख ५४ हजार ९ सय ५० हेक्टर क्षेत्रफलमै रोपाइँ सम्पन्न भई शतप्रतिशत रोपाइँ सकिएको हो।त्यसैगरी, कर्णाली प्रदेशमा ९८.५० प्रतिशत, मधेश प्रदेशमा ९८.१० प्रतिशत र लुम्बिनी प्रदेशमा ९७.८७ प्रतिशत रोपाइँ सकिएको छ। मधेश प्रदेशमा गत वर्षको तुलनामा उल्लेख्य सुधार देखिएको छ; गत वर्ष यसै अवधिमा त्यहाँ ८६.३५ प्रतिशत मात्र रोपाइँ भएको थियो।अन्य प्रदेशहरूको अवस्था हेर्दा बागमती प्रदेशमा ९७.८२ प्रतिशत, कोशी प्रदेशमा ९७.०० प्रतिशत र गण्डकी प्रदेशमा ९६.६८ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। समग्रमा, समयमै मनसुन सक्रिय हुनु र कृषि प्रसारमा देखिएको सक्रियताका कारण यस वर्ष रोपाइँको क्षेत्रफल र प्रतिशत दुवैमा वृद्धि भएको विभागले जवनाएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend