images

२०८३ आश्विन २ गते

images
images
images

कपिलवस्तुमा रु १२ करोड लगानीमा राइस ब्रान तेल उद्योग सञ्चालन

कपिलवस्तुमा रु १२ करोड लगानीमा राइस ब्रान तेल उद्योग सञ्चालन

images
images
सोमवार, भाद्र ८ २०८३
सोमवार, भाद्र ८ २०८३
  • कपिलवस्तु । मायादेवी गाउँपालिका–५, सिहोरहवामा करिब रु १२ करोडको लागतमा ‘भारद्वाज तेल उद्योग’ सञ्चालन गरिएको छ । स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थापना गरिएको उक्त उद्योगमा राइस ब्रान नामको खाने तेल उत्पादन सुरु गरिएको हो ।प्रबन्धक ओमशङ्कर उपाध्यायले ८० जनालाई रोजगारी दिइएको बताउँदै उद्योगले वार्षिक चार हजार ५०० मेट्रिक टन तेल उत्पादन गर्ने लक्ष्य लिएको छ । राइस ब्रान तेल मानव स्वास्थ्यका लागि उपयोगी खाने तेलमध्ये एक रहेको उनले दाबी गरे ।

    images
    images

    उद्योगबाट उत्पादित तेलमा भिटामिन ‘ए’ र ‘डी’ फोर्टिफाइड गरिएको जनाइएको छ । “मानव शरीरका लागि उपयोगी र गुणस्तरीय तेल उत्पादन गर्ने हाम्रो उद्देश्य हो,” उनले भने । उद्योगले हाल प्रतिलिटर रु ३६५ मा तेल बिक्री गरिरहेको छ ।मायादेवी गाउँपालिकाका अध्यक्ष वलीउद्दिन मुसलमानले उद्योग स्थापनाबाट स्थानीयले रोजगारी पाएको बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend