images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • लघुवित्तको नाफा ४०% बढ्यो, तर वास्तविक...

लघुवित्तको नाफा ४०% बढ्यो, तर वास्तविक सुधार कि प्राविधिक राहत?

लघुवित्तको नाफा ४०% बढ्यो, तर वास्तविक सुधार कि प्राविधिक राहत?

images
images
सोमवार, भाद्र ८ २०८३
सोमवार, भाद्र ८ २०८३
  • काठमाडौँ । गत आर्थिक वर्षको अन्त्यसम्ममा नेपालका लघुवित्त वित्तीय संस्थाहरूले वित्तीय विवरणमा उत्साहजनक प्रगति देखाएका छन्। ५० वटा लघुवित्तले समग्रमा १२ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएका छन्, जुन अघिल्लो वर्षको साढे ८ अर्बको तुलनामा करिब ४० प्रतिशतले बढी हो। तर, वित्तीय विवरणको सूक्ष्म विश्लेषण गर्दा यो आकर्षक नाफा वास्तविक व्यापारिक विस्तार वा उत्साहजनक ऋण असुलीबाट भने प्राप्त भएको छैन।

    images
    images

    लघुवित्तहरूको वासलातमा देखिएको यो नाफा मुख्यतया दुईवटा प्राविधिक कारणले संभव भएको हो। पहिलो, निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत कर्जा बीमा गराएका संस्थाहरूलाई नेपाल राष्ट्र बैंकले कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ) मा भारी छुट दिएको छ। खर्च कम देखाउन पाइने यही प्राविधिक सुविधाका कारण संस्थाहरूको नाफा कागजमा धेरै देखिएको छ। दोस्रो कारण वाणिज्य बैंकहरूबाट लिने सापटीको ब्याजदर अघिल्लो वर्षभन्दा करिब ३ प्रतिशत विन्दुले घटेकाले लघुवित्तहरूको मार्जिनमा सुधार आएको पाइएको छ। यद्यपि, निष्क्रिय कर्जा बढेको भए पनि कोषको लागत सस्तो पर्दा समग्र ब्याज आम्दानी सकारात्मक देखिएको तर्क गरिएको छ। समीक्षा अवधिसम्म यी संस्थाहरूले कुल ५ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा लगानी गर्दै २ खर्ब ३१ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरेका छन्।

    बाहिरी रूपमा देखिएको यो नाफालाई धेरैले 'अल्पकालीन राहत' मात्र मानेका छन्। बीमा दाबी प्रक्रिया र यसका प्राविधिक सर्तहरू निकै जटिल भएकाले भोलिका दिनमा संस्थाहरूमाथि ठूलो वित्तीय दबाब सिर्जना हुन सक्ने जोखिम विज्ञहरू औँल्याउँछन्। कागजात नपुग्ने वा कर्जा पुनर्संरचनाजस्ता कारणले दाबी अस्वीकृत हुने सम्भावना उत्तिकै रहन्छ। यही कारणले गर्दा हाल नेपाल राष्ट्र बैंकले पनि बीमाको वास्तविक अवस्थाबारे सूक्ष्म समीक्षा गर्न थालेको बुझिएको छ।

    images
    images

    नाफा कमाउने शीर्ष ५ लघुवित्तहरू

    तथ्यांकअनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी खुद नाफा आर्जन गर्ने प्रमुख संस्थाहरूमा छिमेक लघुवित्तले १ अर्ब २९ करोड ९० लाख रुपैयाँ खुद नाफासहित शीर्ष स्थान ओगटेको छ। त्यसैगरी, जीवन विकास लघुवित्तले १ अर्ब ८ करोड २२ लाख रुपैयाँ र डिप्रोक्स लघुवित्तले ९८ अर्ब ९४ लाख रुपैयाँ नाफा कमाएका छन् भने नेशनल माइक्रोफाइनान्सले ८९ अर्ब १३ लाख रुपैयाँ तथा साना किसान विकास लघुवित्तले ६५ अर्ब ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend