images

२०८३ आश्विन २ गते

images
images
images
  • प्रविधि
  • सामसङ नेपालको ‘मनसुन अफर’: टिभी तथा...

सामसङ नेपालको ‘मनसुन अफर’: टिभी तथा होम अप्लायन्समा २३ प्रतिशतसम्म क्यासब्याक

सामसङ नेपालको ‘मनसुन अफर’: टिभी तथा होम अप्लायन्समा २३ प्रतिशतसम्म क्यासब्याक

images
images
सोमवार, भाद्र ८ २०८३
सोमवार, भाद्र ८ २०८३
  • काठमाडौँ । सामसङ नेपालले आफ्ना ग्लोबल नम्बर १ टिभी तथा होम अप्लायन्सेसहरूमा विशेष 'मनसुन अफर' सार्वजनिक गरेको छ । उपभोक्ताहरूलाई आधुनिक प्रविधि र प्रिमियम सुविधाहरू सहज रूपमा उपलब्ध गराउने उद्देश्यले ल्याइएको यस योजनामा ग्राहकहरूले २३ प्रतिशतसम्मको आकर्षक क्यासब्याकका साथै विभिन्न बहुमूल्य उपहारहरू प्राप्त गर्न सक्नेछन्।यस अफर अन्तर्गत सामसङका चुनित टिभीहरूको खरिदमा ग्राहकहरूले १२ महिनासम्मको निःशुल्क नेट टिभी सब्स्क्रिप्सन प्राप्त गर्नेछन्। विशेष गरी ७५ र ८५ इन्चका नियो क्युएलइडी र युएचडी टिभी खरिद गर्दा ग्राहकले करिब ४९ हजार ९९९ रुपैयाँ मूल्य बराबरको साउन्डबार निःशुल्क पाउनेछन्। त्यसैगरी, क्युएलइडी र युएचडी टिभीहरूमा १८ प्रतिशतसम्म र एचडी टिभीमा २१ प्रतिशतसम्मको क्यासब्याकको व्यवस्था गरिएको छ। ३२ र ४३ इन्चका टिभीहरूमा भने ६ महिनाको नेट टिभी सब्स्क्रिप्सन उपलब्ध गराइएको छ।

    images
    images

    घरायसी कामकाजलाई सहज बनाउन सामसङले वासिंग मेशिन र रेफ्रिजेरेटरमा पनि उत्तिकै आकर्षक छुट दिएको छ। ९ देखि १२ केजी सम्मका एआई इकोबबल वासर ड्रायर र फ्रन्ट लोड वासिंग मेशिनमा ग्राहकले २३ प्रतिशतसम्म इन्स्ट्यान्ट क्यासब्याक पाउनेछन्। केही चुनित मोडलका वासिंग मेशिनको खरिदमा सर्फ एक्सेल म्याटिक पाउडर समेत उपहार स्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ। रेफ्रिजेरेटरतर्फ साइड–बाई–साइड, डबल डोर र सिंगल डोर मोडलहरूमा १७ प्रतिशतसम्मको क्यासब्याक अफर उपलब्ध छ।आर्थिक सहजताका लागि सामसङले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमार्फत 'इन्स्टा फाइनान्स' सेवा पनि सञ्चालन गरेको छ। जस अन्तर्गत ग्राहकले शून्य प्रतिशत ब्याजमा २४ महिनासम्मको सहज ईएमआई योजनामा यी उपकरणहरू खरिद गर्न सक्नेछन्। साथै, पुराना उपकरणहरू साट्न चाहनेका लागि 'अर्को स्टोर' वा सामसङका अधिकृत रिटेल स्टोरहरूमार्फत एक्सचेन्ज सुविधा समेत उपलब्ध छ। सीमित अवधिका लागि मात्र लागु हुने यस मनसुन अफरले ग्राहकहरूलाई आफ्ना घरायसी उपकरणहरू अपग्रेड गरी जीवनशैलीलाई अझ स्मार्ट र आरामदायी बनाउने उत्कृष्ट अवसर प्रदान गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend