राष्ट्रिय बीमा कम्पनी लिमिटेडले वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असोज २ गतेका लागि चौथो वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो ।
साधारणसभा काठमाडौंको शंखमूलस्थित अनमोल क्याटरिङ्ग सर्भिस प्रा.लि मा बिहान ११ बजेदेखि शुरु हुनेछ । कम्पनीले साधारणसभाका लागि भदौ १८ गते कमपनीको सेयर दाखिला खारेज बन्द (बूक क्लोज) गरिने निर्णय गरेको छ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन सहितका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्ने छ । त्यस्तै आर्थिक वर्ष २०७९/८०, २०८०/८१ र २०८१/८२ का लागि नियुक्ति लेखापरीक्षकको नियुुक्ति एवं पारिश्रमिक समर्थन गर्ने प्रस्ताव सभाका लागि तय गरिएका छन् ।




.gif)



