images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • ललितपुरको होटल टुलिपमा नेशनल लाइफको प्रशिक्षण...

ललितपुरको होटल टुलिपमा नेशनल लाइफको प्रशिक्षण कार्यक्रम

ललितपुरको होटल टुलिपमा नेशनल लाइफको प्रशिक्षण कार्यक्रम

images
images
मंगलवार, भाद्र ९ २०८३
मंगलवार, भाद्र ९ २०८३
  • काठमाडौँ।  नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सफल अभिकर्ताका लागि प्रशिक्षण एवं सांस्कृतिक कार्यक्रम गरेको छ ।२०८३ वैशाखमा जारी गरिएको मासिक योजना अनुरूप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूका लागि उक्त कार्यक्रम राखिएको हो ।कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशप्रसाद खत्री, विभागीय प्रमुखहरू, विभिन्न शाखाका शाखा प्रमुखलगायत कम्पनीका वरिष्ठ व्यवसाय प्रबन्धक, प्रबन्धक र अभिकर्ता गरी करिब ३०० जनाको उपस्थिति रहेको थियो ।उद्‌घाटन कार्यक्रममा सीईओ खत्रीले आर्थिक वर्ष २०८३/८३ मा कम्पनीले प्रथम बीमा शुल्कसहित समग्र सूचाङ्कमा उत्कृष्टता हासिल गर्न सफल सबैलाई धन्यवाद दिए । अभिकर्ता सञ्जाललाई थप मजबुत बनाउनेतर्फ कम्पनीको विशेष ध्यान रहेको उनको भनाइ थियो ।

    images
    images

    कार्यक्रममा आमन्त्रित अभिकर्तालाई चर्चित प्रशिक्षक काजिम रजाले बीमा क्षेत्रकै अन्तर्राष्ट्रिय उपाधि एमडीआरटीको लक्ष्य पूरा गर्नका लागि अपनाउनु पर्ने क्रियाकालपको बारेमा विभिन्न उदाहरणसहित प्रशिक्षण प्रदान गरेका थिए ।कार्यक्रमको समापनतर्फ स्ट्याण्डअप कमेडियन सुमन कार्कीको प्रस्तुतिसहित नेपालका चर्चित कलाकारहरू रामचन्द्र काफ्ले र जुनु रिजालको बेजोड सांगितिक प्रस्तुति रहेको थियो ।कन्सर्टको आरम्भ नेपालका चर्चित गायक दीपक बज्राचार्य एन्ड रिदम ब्यान्डको लाइभ प्रस्तुति र चर्चित डीजे अमुको प्रस्तुति रहेको थियो । उनीहरूको प्रस्तुतिमा सहभागी अभिककर्ताहरूले भरपूर मनोरञ्जन लिएका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend