images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • हिमालयन रि–इन्स्योरेन्स २ अर्ब ३३ करोड...

हिमालयन रि–इन्स्योरेन्स २ अर्ब ३३ करोड घाटामा

हिमालयन रि–इन्स्योरेन्स २ अर्ब ३३ करोड घाटामा

images
images
बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौं ।  हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको उच्च नोक्सानीमा रहेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार २ अर्ब भन्दा बढीले नोक्सानीमा रहेको हो ।कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा २ अर्ब ३३ करोड ६२ लाख रुपैयाँले नोक्सानीमा रहेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनी १ अर्ब ३९ करोड ३ लाख रुपैयाँ खुद नाफामा रहेको थियो । समीक्षा अवधिमा कम्पनीको आम्दानीमा आएको संकुचन र खर्चमा भएको उल्लेख्य वृद्धिका कारण नै कम्पनी नोक्सानीमा गएको हो ।

    images
    images

    कम्पनीको कुल आम्दानी ९.३७ प्रतिशतले घटेर ७ अर्ब ५७ लाख रुपैयाँमा सीमित भएको छ भने कुल खर्च ८०.९६ प्रतिशतको ठूलो अन्तरले बढेर १० अर्ब ४४ करोड ८६ लाख रुपैयाँ पुगेको छ । यसैगरी कम्पनीको खुद बीमाशुल्क आर्जन पनि अघिल्लो वर्षको तुलनामा ५.६९ प्रतिशतले घटेर ६ अर्ब १ करोड ५६ लाख रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा कम्पनीको कुल दाबी भुक्तानी ३३.६४ प्रतिशतले बढेर ३ अर्ब ४४ करोड ९० लाख रुपैयाँ पुगेको छ । यसका साथै लगानीबाट हुने आम्दानीमा पनि २७.३० प्रतिशतको गिरावट आएको छ । आम्दानी र नाफा घट्दा कम्पनीको सञ्चित नाफा (रिटेन्ड अर्निङ) समेत ३ अर्ब २८ करोड ६ लाख रुपैयाँले ऋणात्मक हुन पुगेको छ ।

    वित्तीय सूचकहरू नकारात्मक बन्दा कम्पनीको प्रतिसेयर आम्दानीमा पनि ठूलो असर परेको छ । गत आवमा कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ५० पैसाले ऋणात्मक रहेको छ । जुन अघिल्लो आवको सोही अवधिमा १२ रुपैयाँ ७९ पैसाले धनात्मक रहेको थियो । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ५८ पैसा कायम भएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको महाविपत्ति कोषको आकार पनि २७.०८ प्रतिशतले घटेर १४ करोड ४४ लाख रुपैयाँमा खुम्चिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend