images

२०८३ आश्विन २ गते

images
images
images
  • अर्थतन्त्र
  • नेपाल बाढीमा अमेरिकाको समवेदना, राहतका लागि...

नेपाल बाढीमा अमेरिकाको समवेदना, राहतका लागि ५ लाख डलर सहयोग घोषणा

नेपाल बाढीमा अमेरिकाको समवेदना, राहतका लागि ५ लाख डलर सहयोग घोषणा

images
images
बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौँ । नेपालमा गएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूका परिवार तथा आफन्तजनप्रति अमेरिकाले गहिरो समवेदना व्यक्त गरेको छ। अमेरिकी विदेश मन्त्रालयले यो विपद्बाट प्रभावित सम्पूर्णप्रति सहानुभूति प्रकट गरेको हो।अमेरिकी विदेश मन्त्रालयले स्थितिलाई नजिकबाट नियालिरहेको र उद्धार कार्यमा सघाउ पुर्‍याउन प्रभावित क्षेत्रमा एक जना विपद् व्यवस्थापन सल्लाहकार परिचालन गरिरहेको जनाएको छ। मन्त्रालयले क्थलिक रिलिफ सर्भिसमार्फत बाढी प्रभावित समुदायका लागि आपत्कालीन आश्रय, राहत सामग्री, पानी, सरसफाइ तथा स्वच्छता सहायताका लागि ५ लाख अमेरिकी डलर उपलब्ध गराउने जनाएको छ।

    images
    images

    काठमाडौँस्थित अमेरिकी दूतावासले प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकहरूको खोजी तथा सहायताका लागि स्थानीय अधिकारीहरूसँग निकट रहेर काम गरिरहेको छ। बाढीसँग सम्बन्धित आपत्कालीन सहायता आवश्यक पर्ने नेपालमा रहेका अमेरिकी नागरिकलाई दूतावासको इमेलमा सम्पर्क गर्न आग्रह गरिएको छ।प्रभावित क्षेत्रमा रहेका आफ्ना नागरिकलाई स्थानीय समाचार नियाल्न, स्थानीय अधिकारीको निर्देशन पालना गर्न र महत्त्वपूर्ण सुरक्षा एवम् आपत्कालीन सूचना प्राप्त गर्न ‘स्मार्ट ट्राभलर इनरोलमेन्ट प्रोग्राम’ (एसटीइपी) मा दर्ता हुन अमेरिकाले आग्रह गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend