images

२०८३ आश्विन २ गते

images
images
images
  • कृषि
  • भारतसँग जिटुजी माध्यमबाट २५ हजार मेट्रिक...

भारतसँग जिटुजी माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गरिने

भारतसँग जिटुजी माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गरिने

images
images
शुक्रवार, भाद्र १२ २०८३
शुक्रवार, भाद्र १२ २०८३
  • काठमाडौँ, १२ भदौ । सरकारले भारत सरकारसँग सरकार–सरकार (जिटुजी) खरिद माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।

    images
    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । 

    उनका अनुसार बैठकले कृषकलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यले भारतसँगको जिटुजी माध्यमबाट डिएपी मल खरिद गर्ने प्रक्रिया अघि बढाउन कृषि सामग्री कम्पनी लिमिटेडलाई अनुमति दिइएको हो ।

    images
    images

    सरकारको स्वीकृतिपछि कम्पनीले आवश्यक खरिद प्रक्रिया अघि बढाउनेछ । मलको उपलब्धता सुनिश्चित गर्दै आगामी कृषि ‘सिजन’मा किसानले भोग्दै आएको रासायनिक मलको अभाव कम गर्ने सरकारको लक्ष्य रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend