images

२०८३ आश्विन २ गते

images
images
images
  • प्रविधि
  • बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल...

बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

images
images
शनिवार, भाद्र १३ २०८३
शनिवार, भाद्र १३ २०८३
  • काठमाडौँ, १३ भदौ । नेपाल टेलिकमले बाढीबाट प्रभावित थप सात क्षेत्रमा आज सेवा पुनःसञ्चालनमा ल्याएको छ । यससँगै बाढीका कारण प्रभावित भएका कुल १२० साइटमध्ये ९३ वटा साइट सञ्चालनमा आएका छन् ।

    images
    images

    टेलिकमका अनुसार रसुवाको त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत सेवा सञ्चालन गरिएको छ । यसबाट आयोजनाको सुरुङमार्गमा भइरहेको उद्धारका लागि आवश्यक सञ्चार सम्पर्क सहज भएको छ । सेवा सञ्चालनका लागि आवश्यक उपकरण तथा सामग्री सवारीसाधन र भरियामार्फत ढुवानी गरिएको थियो ।

    नेपाल टेलिकमका प्रवक्ता डा कमल लामिछानेका अनुसार रसुवाको उत्तरगया गाउँपालिकास्थित कालिकास्थानको टावरबाट पनि सेवा पुनःसञ्चालनमा आएको छ ।

    images
    images

    त्यस्तै, नुवाकोटका तुप्चे र बुङ्ताङ बिटिएस पनि आजदेखि सञ्चालनमा आएका छन् । ती टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर र इन्धन हेलिकप्टर मार्फत ढुवानी गरिएको टेलिकमले जनाएको छ । यसबाहेक कटुन्जे, सामरी भञ्ज्याङ र बेतिनीका टावरसमेत सञ्चालन भएका छन् ।

    यसैबीच, फिल्डमा खटिएका प्राविधिकको मनोबल उच्च राख्दै सेवा पुनःसञ्चालनको कामलाई थप प्रभावकारी बनाउन नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडी प्रभावित क्षेत्र नुवाकोट लगायतका स्थानमा पुग्नुभएको छ ।

    यसअघि उनले नेपाल टेलिकमको बबरमहलस्थित विपद् व्यवस्थापन कक्षको बैठकमा सहभागी भई सेवा पुनःसञ्चालनको अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक निर्देशन दिएका छन् । प्रबन्ध निर्देशक पहाडीले अर्थमन्त्री, सूचना तथा सञ्चारमन्त्री, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष तथा सुरक्षा निकायका प्रतिनिधिको उपस्थितिमा टेलिकमले गरिरहेको सेवा पुनःसञ्चालनको विवरण समेत प्रस्तुत गरेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend