images

२०८३ आश्विन २ गते

images
images
images
  • प्रविधि
  • बाढी प्रभावित डिशहोम इन्टरनेटका ग्राहकलाई १५...

बाढी प्रभावित डिशहोम इन्टरनेटका ग्राहकलाई १५ दिन निःशुल्क सेवा

बाढी प्रभावित डिशहोम इन्टरनेटका ग्राहकलाई १५ दिन निःशुल्क सेवा

images
images
सोमवार, भाद्र १५ २०८३
सोमवार, भाद्र १५ २०८३
  • काठमाडौँ । विनाशकारी बाढी र पहिरोबाट प्रभावित भएका आफ्ना ग्राहकहरूलाई डिशहोम इन्टरनेटले निःशुल्क सेवा उपलब्ध गराउने भएको छ।  बाढीका कारण सञ्चार सेवामा बाधा पुगेको र आपत्कालीन समन्वयका लागि इन्टरनेट अनिवार्य हुने भएकाले कम्पनीले प्रभावित क्षेत्रका ग्राहकलाई १५ दिनको थप निःशुल्क इन्टरनेट सेवा दिने घोषणा गरेको हो।

    images
    images

    डिशहोमका अनुसार यो सुविधा विशेषगरी त्रिशूली, त्रिशूली बट्टार, गल्छी, आदमघाट र मलेखु क्षेत्रका ग्राहकहरूले प्राप्त गर्नेछन् । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै कम्पनीले यस विषम परिस्थितिमा सूचनाको पहुँच सुनिश्चित गर्नु आफ्नो सामाजिक उत्तरदायित्व भएको जनाएको छ।डिशहोमले बाढी प्रभावितहरूको उद्धार र राहतमा खटिएका सुरक्षाकर्मी र स्वयंसेवकहरूप्रति कृतज्ञता व्यक्त गर्दै प्राविधिक सहयोगका लागि ग्राहकहरूलाई आधिकारिक सेवा केन्द्रमा सम्पर्क गर्न समेत आग्रह गरेको छ।

    yuuuu.webp

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend