images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • भोटेकोशी बाढीपीडितका लागि हिमालयन रि-इन्स्योरेन्सद्वारा एक...

भोटेकोशी बाढीपीडितका लागि हिमालयन रि-इन्स्योरेन्सद्वारा एक करोड सहयोग

भोटेकोशी बाढीपीडितका लागि हिमालयन रि-इन्स्योरेन्सद्वारा एक करोड सहयोग

images
images
बुधवार, भाद्र १७ २०८३
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौँ ।  गत भदाै १०‌ गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी पिडितको लागि   राहत, उद्धार तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउन  हिमालयन रि-इन्स्योरेन्सले  एक करोड  रुपैयाँ  प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको छ । कम्पनीका पदाधिकारीहरूले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकम (चेक) हस्तान्तरण गरेका हुन्।

    images
    images

    सहयोग हस्तान्तरण गर्न कम्पनीका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सन्तोष केसी, सञ्चालक समिति सदस्य आशिष न्यौपाने र अन्डरराइटिङ प्रमुख दिग्दर्शन नेपाल लगायतको प्रतिनिधि अर्थमन्त्रालय पुगेको थियो । रकम‌  बुझाउनको लागि राज्यले गरिरहेको प्रयासमा निजी क्षेत्रको तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए। रकम ग्रहण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अप्ठ्यारो परिस्थितिमा हिमालयन रि-इन्स्योरेन्सले देखाएको सामाजिक उत्तरदायित्व र सहयोगप्रति धन्यवाद व्यक्त गरे।विनाशकारी बाढीका कारण हालसम्म ठूलो सङ्ख्यामा मानवीय क्षति हुनुका साथै निजी आवास, जलविद्युत् आयोजना र भौतिक पूर्वाधारमा व्यापक क्षति पुगेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend