images

२०८३ आश्विन २ गते

images
images
images
  • कृषि
  • धानमा गाँज लाग्ने बेला रासायनिक मलको...

धानमा गाँज लाग्ने बेला रासायनिक मलको अभाव, बाँकेका किसान मर्कामा

धानमा गाँज लाग्ने बेला रासायनिक मलको अभाव, बाँकेका किसान मर्कामा

images
images
बिहिवार, भाद्र १८ २०८३
बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौं।  धानको गाँज लाग्ने बेलामा बाँकेका किसानलाई रासायनिक मलको अभाव भएको छ । यस वर्ष ढिलागरी वर्षा भए पनि गत वर्षभन्दा बढी रोपाइँ गरेका बाँकेका किसानले धानखेतीका लागि आवश्यक परेका बेला मल नपाउँदा उत्पादन घट्ने चिन्ता व्यक्त गरेका छन् । खजुरा–२ सीतापुरका किसान भद्रप्रसाद देवकोटाले रोपेको धानमा गाँज लाग्न थालेकाले अहिले मल आवश्यक भएको उल्लेख गर्दै मल नपाउँदा यस वर्ष धान उत्पादन घट्ने चिन्ताले सताएको बताउनुहुन्छ ।     
    उहाँले विगतमा मल नपाउँदा भारतको रुपैडिहाबाट दुई चार बोरा मल ल्याउन पाउँदा सहज भए पनि यसपटक एक बोरा पनि नाकाबाट ल्याउन नदिएकोले किसान समस्यामा परेको जानकारी दिनुभयो । किसान देवकोटाले भन्नुभयो, “हाम्रा लागि अहिलेको सबैभन्दा ठूलो समस्या रासायनिक मल प्रर्याप्त रूपमा नपाइनु नै हो ।”

    images
    images

    कृषि ज्ञान केन्द्र बाँकेले जिल्लाका अधिकांश किसानले मल नपाएको गुनासो आइरहेको उल्लेख गर्दै धानको गाँज लाग्ने बेलामा रासायनिक मल नपाए त्यसले उत्पादन घट्ने बताएको छ । कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माले धान रोप्ने, गाँज लाग्ने र बाला लाग्नेबेला धानलाई पोषणको आवश्यकता हुने उल्लेख गर्दै यस्तो बेलामा किसानले धानमा रासायनिक मल हाल्न नपाए उत्पादनमा गिरावट आउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “धानमा अनावश्यक झारपातबाट करिव १५ प्रतिशत उत्पादनमा कमी आएको हुन्छ तर मल नपाउँदा ३० देखि ५० प्रतिशत उत्पादनमा कमी आउँछ ।” गत वर्ष जिल्लामा ९९.५ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ९९.८ प्रतिशत रोपाइँ भएको थियो । तर यस वर्ष मल नपाउँदा उत्पादन प्रभावित हुने निश्चित भएको उहाँको भनाइ छ । बाँकेमा धान उत्पादन हुने जमिनको क्षेत्रफल ३३ हजार ५७० हेक्टर रहेकामा यस वर्ष ३३ हजार ५०३ हेक्टरमा धान रोपाइँ भएको थियो । 

    रोपाइँ गरिएको २० देखि २५ दिनभित्र गाँज लाग्ने समयमा र ५० दिनपछि बाला पसाउने बेला अनिवार्य मल आवश्यक रहेको उल्लेख गर्दै सूचना अधिकारी शर्माले अधिकांश किसानले मल नपाएको गुनासो गरेकाले उत्पादन घट्ने जोखिम देखिएको बताउनुभयो । गत वर्ष जिल्लामा एक लाख ५० हजार मेट्रिकटन धान उत्पादन भएको थियो ।  बाँकेमा किसानलाई वितरण गर्ने लक्ष्यअनुसारको रासायनिक मल प्राप्त नभएकोले मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड बाँकेका शाखा प्रमुख पुष्पराज श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा कृषि सामाग्री कम्पनी लिमिटेड बाँकेबाट चार हजार ८२२ दशमलव ४५० मेट्रिकटन युरिया, दुई हजार ६३३ दशमलव ८०० मेट्रिकटन डिएपी र २०७ दशमलव ७५० मेट्रिकटन पोटास बिक्री गरिएको थियो भने चालु आव २०८३/८४ को भदौ १५ गतेसम्म एक हजार १७ मेट्रिकटन युरिया, २९९ दशमलव ४०० मेट्रिकटन डिएपी र २७ दशमलव ३५० मेट्रिकटन पोटास स्थानीय तहमा पठाइएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend