images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • भोटेकोशी बाढी प्रभावितलाई निर्जीवन बीमा क्षेत्रको...

भोटेकोशी बाढी प्रभावितलाई निर्जीवन बीमा क्षेत्रको ३ करोड ७३ लाख सहयोग

भोटेकोशी बाढी प्रभावितलाई निर्जीवन बीमा क्षेत्रको ३ करोड ७३ लाख सहयोग

images
images
बिहिवार, भाद्र १८ २०८३
बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौँ । नेपाल निर्जीवन बीमा व्यवसायी संघले गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूको राहत, पुनस्थापना र पुनर्निर्माणका लागि सरकारलाई ३ करोड ७३ लाखभन्दा बढी सहयोग रकम हस्तान्तरण गरेको छ।संघका अध्यक्ष मनोहर दास मुलको नेतृत्वमा गएको कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत  हरूको प्रतिनिधिमण्डलले २०८३ भदौ १७ गते अर्थ मन्त्रालय पुगेर माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो सहयोग रकम हस्तान्तरण गरेको हो।

    images
    images

    संघको भदौ १५ गते बसेको बैठकले बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको थियो। सोही बैठकले बेपत्ता व्यक्तिहरूको सकुशल उद्धारको कामना गर्दै रातदिन खटिने सुरक्षा निकाय, सरकार, नागरिक समाज र मित्रराष्ट्रका उद्धारकर्ताहरूप्रति आभार व्यक्त गर्ने निर्णय गरेको थियो।यसैक्रममा, नागरिकको उद्धार तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले संघ र यसमा आबद्ध निर्जीवन बीमा कम्पनीहरूले आफ्नो तर्फबाट रु ३ करोड ४७ लाख सहयोग उपलब्ध गराएका छन्। सहयोग गर्ने कम्पनीहरूमा सिद्धार्थ प्रिमियर, सगरमाथा लुम्बिनी, नेपाल इन्स्योरेन्स, नेको, प्रभु, युनाइटेड अजोड, सानिमा जीआईसी र हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेका छन्।

    यसका साथै, सगरमाथा लुम्बिनी, हिमालयन एभरेष्ट र युनाइटेड अजोड इन्स्योरेन्सका कर्मचारीहरूका तर्फबाट थप रु २६ लाख २३ हजार १८ रुपैयाँ सहयोग स्वरूप अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको छ। संघका अनुसार एनएलजी र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले यसअघि नै रकम हस्तान्तरण गरिसकेका छन् भने बाँकी कम्पनीहरू पनि सहयोग हस्तान्तरणको प्रक्रियामा रहेका छन्।रकम हस्तान्तरण कार्यक्रममा संघले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजना, पूर्वाधार तथा निजी संरचनाहरूको विवरण प्राप्त हुनासाथ बीमा दाबी भुक्तानीको प्रक्रियालाई उच्च प्राथमिकतामा राखी द्रुत गतिमा अघि बढाउने प्रतिबद्धता जनाएको छ। सहयोग रकम बुझ्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देश कठिन संकटको घडीमा रहेका बेला निर्जीवन बीमा क्षेत्रले दर्साएको सामाजिक उत्तरदायित्व र पुर्‍याएको आर्थिक सहयोगप्रति धन्यवाद ज्ञापन गरेका थिए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend