images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • साउनमा निर्जीवन बीमा कम्पनीको व्यवसाय ५...

साउनमा निर्जीवन बीमा कम्पनीको व्यवसाय ५ अर्ब ३२ करोड माथि

साउनमा निर्जीवन बीमा कम्पनीको व्यवसाय ५ अर्ब ३२ करोड माथि

images
images
बिहिवार, भाद्र १८ २०८३
बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुले ५ अर्ब ३२ करोड माथिको व्यवसाय गरेको छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार ठूला १४ वटा निर्जीवन बीमा कम्पनीहरुले ५ अर्ब ३२ करोड ८३ लाख रुपैयाँको व्यवसाय गरेका हुन् । साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुले कुल २ लाख २९ हजार ५९९ वटा बीमालेख जारी गर्दै उक्त रकम बराबरको व्यवसाय गर्न सफल भएका हुन् । चालु आर्थिक वर्षको पहिलो महिनामा सबैभन्दा धेरै बीमाशुल्क हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले संकलन गरेको छ । यो कम्पनीले साउन महिनामा ५६ करोड २५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यो कम्पनीले २७ हजार ८७१ वटा बीमालेख जारी गरेको छ । त्यस्तै साउन महिनामा धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनीको दोस्रो स्थानमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले साउन महिनामा ५५ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । साउमा यो कम्पनीले २२ हजार ९६४ वटा बीमालेख जारी गरेको छ । 

    images
    images

    साउन महिनामा धेरै आर्जन गर्ने कम्पनीको तेस्रो नम्बरमा एनलजी इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले साउन महिनामा ५३ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । प्राधिकरणको तथ्यांक अनुसार शिखर इन्स्योरेन्स कम्पनीले ५१ करोड २० लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ४६ करोड ७६ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ४४ करोड ७१ लाख रुपैयाँ, ओरिएन्ट इन्स्योरेन्स कम्पनीले ४४ करोड ३७ लाख रुपैयाँ, नेको इन्स्योरेन्स कम्पनीले ३८ करोड ८ लाख रुपैयाँ र यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ३३ करोड २३ लाख रुपैयाँ प्रिमियम कलेक्सन गर्न सफल भएको छ ।त्यस्तै, नेशनल इन्स्योरेन्स कम्पनीले २७ करोड २ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनीले २५ करोड २७ लाख रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले २४ करोड ३ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले १९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

    123-1

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend