images

२०८३ आश्विन २ गते

images
images
images
  • प्रविधि
  • च्यामको फोरजी टावर एक सातादेखि ...

च्यामको फोरजी टावर एक सातादेखि ठप्प

च्यामको फोरजी टावर एक सातादेखि ठप्प

images
images
शुक्रवार, भाद्र १९ २०८३
शुक्रवार, भाद्र १९ २०८३
  • हुम्ला । जिल्लाको अदानचुली गाउँपालिका–५ च्यामस्थित नेपाल टेलिकमको फोरजी टावर एक सातादेखि सञ्चालनमा नआउँदा स्थानीय सञ्चार सेवाबाट वञ्चित हुनुपरेको छ ।टावर बन्द भएपछि मोबाइल फोन तथा इन्टरनेट सेवा प्रभावित हुँदा स्थानीयलाई फोन सम्पर्क तथा सूचना आदानप्रदानमा समस्या भएको अदानचुली–५ का स्थानीय बालबहादुर मल्लले बताए ।उनका अनुसार टावर एक सातादेखि बिग्रिएरको छ, जसबाट बिरामी तथा आपत्कालीन अवस्थामा आफन्तसँग सम्पर्क गर्न, आवश्यक सूचना आदानप्रदान गर्न समस्या भइरहेको छ । स्थानीयले यथाशीघ्र टावर मर्मत गरी सेवा सुचारु गर्न माग गरिरहेका छन् ।

    images
    images

    त्यस टावरले जिल्लाको अदानचुली र मुगुको सोरु गाउँपालिका आसपासको क्षेत्रमा सञ्चार सम्पर्क गराउन योगदान दिँदै आएको छ । नेपाल टेलिकम हुम्लाका सूचना अधिकारी रामबहादुर बोहोराका अनुसार पछिल्लो समय लामो समयसम्म घाम नलाग्दा सोलारमा चार्ज हुन नसकेपछि टावर सञ्चालनमा समस्या आएको हो ।उनले केन्द्रीय कार्यालयको प्राविधिक शाखाबाट समेत टावरको अवस्थाबारे हेर्न लगाइएको र सोलारमा भएको पावर नउठेकै कारण टावर नचलेको जानकारी आएको बताए । सूचना अधिकारी बोहोराका अनुसार सोलारमा कम्तीमा ४८ घण्टासम्म राम्रोसँग चार्ज भए टावर आफैँ सञ्चालनमा आउनेछ । जिल्ला सदरमुकाम सिमकोटमा समेत सोलारमा आवश्यक पावर नहुँदा दैनिक छदेखि आठ घण्टासम्म सेवा अवरुद्ध हुने गरेको बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend