images

२०८३ आश्विन २ गते

images
images
images
  • कृषि
  • सामाजिक सञ्जालबाट सिकेको ज्ञानले किसान बेलवासेको...

सामाजिक सञ्जालबाट सिकेको ज्ञानले किसान बेलवासेको ड्रागन फ्रुट खेती

सामाजिक सञ्जालबाट सिकेको ज्ञानले किसान बेलवासेको ड्रागन फ्रुट खेती

images
images
आइतवार, भाद्र २१ २०८३
आइतवार, भाद्र २१ २०८३
  • कपिलवस्तु । सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै शिवराज नगरपालिका–५ नौडिहवाका किसान रामप्रसाद बेलवासेले व्यावसायिक ड्रागन फ्रुट खेती सुरु गरेका छन्।करिब डेढ वर्षअघि चार कट्ठा जमिनमा सुरु गरेको ड्रागन फ्रुट खेतीबाट उनले हालसम्म तीन पटक उत्पादन लिइसकेका छन्। रुपन्देहीको रानीबगियाबाट ६२८ वटा बिरुवा खरिद गरी १५७ वटा पोलमा चार–चारवटा बिरुवा रोपेर खेती सुरु गरिएको बेलवासेले बताए। उनले प्रतिबिरुवा १६० रुपैयाँका दरले बिरुवा खरिद गरेका हुन्।बिरुवा अझै पूर्ण रूपमा परिपक्व नभएकाले उत्पादन बढ्न केही समय लाग्ने उनको भनाइ छ। “अहिलेसम्म तीन पटक फल टिपेका छौँ। चौथो पटक फल टिप्ने तयारीमा छौँ। आगामी वर्षदेखि उत्पादन उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरेको छु,” उनले भने।

    images
    images

    ड्रागन फ्रुटको बजार राम्रो रहेकाले उत्पादित फल बिक्री गर्न समस्या नभएको बेलवासेले बताए। उनका अनुसार अहिले ड्रागन फ्रुट प्रतिकिलोग्राम ४०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। फल उत्पादन भएपछि ग्राहकहरू घरमै आएर खरिद गर्ने गरेको उनले बताए।युट्युब तथा सामाजिक सञ्जालबाट खेतीसम्बन्धी जानकारी लिएपछि नयाँ बालीतर्फ आकर्षित भएको बेलवासेले बताए। उनका अनुसार ड्रागन फ्रुट खेतीका लागि सिँचाइको अभाव मुख्य चुनौती बनेको छ। रोग तथा कीरा व्यवस्थापनका लागि भने थप प्राविधिक ज्ञान आवश्यक रहेको उनको अनुभव छ।चितवनको हावापानी ड्रागन फ्रुट खेतीका लागि बढी अनुकूल मानिए पनि उचित व्यवस्थापन गर्न सके कपिलवस्तुमा समेत राम्रो उत्पादन लिन सकिने बेलवासे बताउँछन्। जिल्लामा अत्यधिक गर्मी हुने भएकाले खेती व्यवस्थापनमा भने केही कठिनाइ हुने गरेको उनको अनुभव छ।कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख घनश्याम चौधरीका अनुसार जिल्लामा ड्रागन फ्रुट खेतीको क्षेत्रफलसम्बन्धी यकिन अभिलेख छैन। यद्यपि पछिल्लो समय साना तथा छरिएर ड्रागन फ्रुट खेती सुरु गर्ने किसानको संख्या बढ्दै गएको उनले बताए।

    व्यावसायिक सम्भावना, राम्रो बजार र आकर्षक मूल्यका कारण किसानमा ड्रागन फ्रुट खेतीप्रति आकर्षण बढ्दै गएको चौधरीको भनाइ छ।परम्परागत बालीसँगै नयाँ तथा बढी आम्दानी दिन सक्ने फलफूल खेतीतर्फ किसान आकर्षित हुन थालेसँगै कपिलवस्तुमा ड्रागन फ्रुट खेतीले पनि विस्तारको सम्भावना देखाएको छ। सामाजिक सञ्जालबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर बेलवासेले सुरु गरेको यो खेती नयाँ प्रविधि र वैकल्पिक कृषि व्यवसायप्रति किसानको बढ्दो आकर्षणको उदाहरण बनेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend