images

२०८३ आश्विन २ गते

images
images
images
  • बजार
  • नेपाली बजारमा अनर ६०० प्रो सार्वजनिक,...

नेपाली बजारमा अनर ६०० प्रो सार्वजनिक, मूल्य १ लाख ४९ हजार ९९९

नेपाली बजारमा अनर ६०० प्रो सार्वजनिक, मूल्य १ लाख ४९ हजार ९९९

images
images
मंगलवार, भाद्र २३ २०८३
मंगलवार, भाद्र २३ २०८३
  • काठमाडौं।  स्मार्टफोन ब्रान्ड अनरले नेपाली बजारमा अनर ६०० प्रो सार्वजनिक गरेको छ। कम्पनीले नेपालमा १२ जीबी र्‍याम र ५१२ जीबी आन्तरिक स्टोरेज भएको भेरियन्ट ल्याएको हो।फोटोग्राफीलाई प्राथमिकता दिइएको अनर ६०० प्रोमा २०० मेगापिक्सेल, ५० मेगापिक्सेल र १२ मेगापिक्सेलको ट्रिपल रियर क्यामेरा सेटअप दिइएको छ। त्यस्तै, सेल्फी तथा भिडियो कलका लागि ५० मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ।उच्च रिजोलुसनको फ्रन्ट क्यामेराले सेल्फी, भिडियो कल तथा सामाजिक सञ्जालका लागि फोटो तथा भिडियो सामग्री तयार गर्ने प्रयोगकर्तालाई लक्षित गरेको कम्पनीको भनाइ छ।

    images
    images

    नयाँ स्मार्टफोनको अर्को प्रमुख विशेषता यसको ५१२ जीबी आन्तरिक स्टोरेज हो। ठूलो स्टोरेजका कारण फोटो, भिडियो, एप तथा अन्य डिजिटल सामग्रीका लागि पर्याप्त स्थान उपलब्ध हुने कम्पनीले जनाएको छ।नेपालमा अनर ६०० प्रोको मूल्य १ लाख ४९ हजार ९ सय ९९ रुपैयाँ निर्धारण गरिएको छ।उच्च प्रदर्शन, ठूलो स्टोरेज, उन्नत क्यामेरा प्रणाली र ठूलो क्षमताको ब्याट्रीलाई एउटै डिभाइसमा समेटिएको अनर ६०० प्रोले नेपाली प्रिमियम स्मार्टफोन बजारमा प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend