images

२०८३ आश्विन २ गते

images
images
images
  • प्रविधि
  • मेटाले ल्यायो ‘म्यूज’, प्रयोगकर्ताको तर्फबाट डिजिटल...

मेटाले ल्यायो ‘म्यूज’, प्रयोगकर्ताको तर्फबाट डिजिटल काम गर्न सक्ने एआई एजेन्ट

मेटाले ल्यायो ‘म्यूज’, प्रयोगकर्ताको तर्फबाट डिजिटल काम गर्न सक्ने एआई एजेन्ट

images
images
बुधवार, भाद्र २४ २०८३
बुधवार, भाद्र २४ २०८३
  • क्यालिफोर्निया । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी मेटाले १८ वर्ष वा त्यसभन्दा माथिका प्रयोगकर्ताका लागि व्यक्तिगत एआई एजेन्ट सार्वजनिक गरेको छ । कम्पनीले यसको नाम म्यूज राखेको छ । मेटाका अनुसार म्यूजले सामान्य च्याटबोटले जस्तै जानकारी त दिन्छ नै प्रयोगकर्ताको तर्फबाट विभिन्न डिजिटल कामसमेत गर्न सक्छ । यो सेवा हाल अमेरिकामा मात्रै उपलब्ध छ ।म्यूजले इमेल पठाउने, यात्रा बुक गर्ने, अनलाइन किनमेल गर्ने र फर्म भर्ने जस्ता काममा सहयोग गर्न सक्ने कम्पनीले बताएको छ । प्रयोगकर्ताले म्यूजको छुट्टै एप वा ह्वाट्सएपमार्फत यससँग कुराकानी गर्न सक्छन् । यसको अर्को विशेषता लामो समयका लक्ष्य प्राप्तिमा सहयोग गर्नु पनि हो । एक वर्षको व्यायाम योजना बनाउने वा नयाँ व्यवसाय सुरु गर्ने जस्ता लक्ष्यलाई म्यूजले चरणबद्ध कार्ययोजनामा बदल्न सहयोग गर्न सक्छ ।

    images
    images

    मेटाले म्यूजका सुरक्षा र गोपनीयता सुविधालाई विशेष प्राथमिकता दिएको जनाएको छ । कम्पनीका अनुसार एजेन्ट सुरक्षित भर्चुअल मेसिनमा चल्छ, जहाँ एजेन्ट र प्रयोगकर्ताको डेटा सुरक्षित राखिन्छ । म्यूजलाई एआई च्याटबोटभन्दा फरक बनाउने मुख्य कुरा यसको काम गर्ने क्षमता हो । च्याटबोटले कुनै फ्लाइटको विकल्प र मूल्य बताउन सक्छ भने एआई एजेन्टले प्रयोगकर्ताको निर्देशनअनुसार वेबसाइट खोलेर फर्म भर्ने र बुकिङ प्रक्रिया अगाडि बढाउनेजस्ता काम पनि गर्न सक्छ । यसले गर्ने संवेदनशील काममा भने प्रयोगकर्ताको अनुमति आवश्यक पर्न सक्ने बताइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend