images

२०८३ आश्विन २ गते

images
images
images
  • कृषि
  • गोठालो फार्म दिगो कृषि, संरक्षण र...

गोठालो फार्म दिगो कृषि, संरक्षण र ग्रामीण आतिथ्यको नयाँ नमुना

गोठालो फार्म दिगो कृषि, संरक्षण र ग्रामीण आतिथ्यको नयाँ नमुना

images
images
बिहिवार, भाद्र २५ २०८३
बिहिवार, भाद्र २५ २०८३
  • काठमाडौँ । नेपालको कृषि, खाद्य संस्कृति, वातावरण संरक्षण र ग्रामीण पर्यटनलाई एकै ठाउँमा जोड्ने उद्देश्यसहित गोठालो फार्म नवीन कृषि तथा आतिथ्य व्यवसायका रूपमा अघि बढिरहेको छ। दिगो पशुपालन, स्थानीय जैविक विविधताको संरक्षण र प्रकृतिमा आधारित आतिथ्यलाई एकीकृत गर्दै फार्मले जिम्मेवार उद्यमशीलताको उदाहरण प्रस्तुत गरेको हो।

    images
    images

    विश्वव्यापी खानाका परिकारसम्बन्धी फलाङ फुड डिक्सनरी का लेखक शिव न्यौपाने खाद्य लेखनसँगै वातावरण संरक्षण र दिगो विकासका क्षेत्रमा समेत रुचि राख्ने व्यक्तित्व हुन्। जिम्मेवार उद्यमशीलता र वातावरणीय सचेतनालाई प्राथमिकता दिँदै उनले गोठालो फार्मको उद्यमशील यात्रालाई अघि बढाएका छन्। फार्मले स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्नुका साथै कृषि तथा आतिथ्य क्षेत्रमार्फत अर्थतन्त्रमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ।

    SHIVA NEUPANE PIC.jpg
    undefined

    गोठालो फार्ममा स्थानीय रूपमा उत्पादन तथा पालनपोषण गरिएका पशुपन्छीजन्य खाद्य सामग्रीलाई प्राथमिकता दिइन्छ। कालिज, स्थानीय कुखुरा तथा अन्य स्थानीय उत्पादनबाट तयार गरिने ताजा र अर्गानिक परिकार फार्मका प्रमुख आकर्षण हुन्।

    images
    images

    स्थानीय स्रोतबाट प्राप्त तथा फार्ममै उत्पादन भएका सामग्री प्रयोग गरी तयार गरिने खानाले आगन्तुकलाई प्राकृतिक र मौलिक नेपाली स्वादको अनुभव प्रदान गर्ने फार्मको अवधारणा छ। ग्रामीण परिवेशमा ताजा भोजनको स्वाद लिनुका साथै आगन्तुकले ग्रामीण जीवनशैलीको अनुभव गर्ने, फार्ममा रहेका जनावरसँग अन्तरक्रिया गर्ने तथा स्थानीय जैविक विविधताको अवलोकन गर्ने अवसरसमेत पाउँछन्।

    संरक्षण, शिक्षा र वातावरणमैत्री पर्यटनलाई प्राथमिकता दिँदै गोठालो फार्मले स्थानीय किसानसँग सहकार्य गर्ने, दिगो खाद्य उत्पादनलाई प्रोत्साहन गर्ने तथा परिवार, विद्यार्थी, स्वदेशी र विदेशी पर्यटकका लागि फरक अनुभव सिर्जना गर्ने लक्ष्य राखेको छ।

    फार्मलाई केवल पर्यटन गन्तव्यका रूपमा मात्र नभई एकीकृत कृषि, स्थानीय खाद्य संस्कृति र जिम्मेवार ग्रामीण उद्यमशीलताको नमुना बनाउने प्रयास भइरहेको छ। स्थानीय उत्पादनको प्रवर्द्धन, खाद्य संस्कृतिको संरक्षण र प्रकृतिमैत्री पर्यटनमार्फत ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने यसको अवधारणा रहेको छ।

    गोठालो फार्मको यात्राले स्थानीय उत्पादन, नेपाली मौलिक खानाको प्रवर्द्धन, वातावरण संरक्षण र जिम्मेवार उद्यमशीलतालाई एकअर्कासँग जोड्न सकिने सम्भावना देखाएको छ। स्थानीय समुदायलाई सशक्त बनाउने, रोजगारी सिर्जना गर्ने र प्राकृतिक स्रोतको संरक्षण गर्दै भावी पुस्ताका लागि दिगो भविष्य निर्माण गर्ने दिशामा फार्मले उदाहरणीय पहल अघि बढाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend