images

२०८३ आश्विन २ गते

images
images
images
  • प्रविधि
  • खेलाडी र नायिकालाई टेलिकमले बनायो ब्रान्ड...

खेलाडी र नायिकालाई टेलिकमले बनायो ब्रान्ड एम्बेसडर

खेलाडी र नायिकालाई टेलिकमले बनायो ब्रान्ड एम्बेसडर

images
images
बिहिवार, भाद्र २५ २०८३
बिहिवार, भाद्र २५ २०८३
  • काठमाडौं । नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल र नायिका नीति शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।टेलिकमले आफ्नो ब्रान्ड प्रवद्र्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई थप प्रभावकारी बनाउने उद्देश्यले भुर्तेल र शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो ।कम्पनीद्वारा आयोजित छुट्टाछुट्टै कार्यक्रमका बीच गत २०८३ साउन २० गते क्रिकेट खेलाडी भुर्तेल र २०८३ भदौ २५ गते नायिका शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरिएको हो ।

    images
    images

    कार्यक्रममा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले खेलकुद र मनोरञ्जन क्षेत्रका स्थापित व्यक्तित्वसँगको आबद्धताले युवा पुस्तालगायत आम नागरिकसँग टेलिकमको सम्बन्ध अझ सुदृढ र प्रगाढ हुने विश्वास व्यक्त गरिन् । उनले यी साझेदारीले कम्पनीको सामाजिक छवि अभिवृद्धि गर्न, व्यवसाय प्रवद्र्धन गर्न तथा सेवासुविधाको प्रचारप्रसारमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिन् ।नवनियुक्त ब्रान्ड एम्बेसडरद्वयले देशकै ठूलो र स्वदेशी लगानीको दूरसञ्चार संस्थासँग जोडिन पाउँदा आफूहरू गौरवान्वित र उत्साहित भएको बताए । उनीहरूले सम्झौताका लागि नेपाल टेलिकमप्रति आभार व्यक्त गर्दै आगामी दिनमा कम्पनीको सामाजिक छवि संरक्षण, सेवासुविधाको प्रवद्र्धन तथा बजारीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।ब्रान्ड एम्बेसडरका रूपमा उनीहरूले स्वदेश तथा विदेमा रहेका आम ग्राहकवर्गमा कम्पनीले हाल प्रदान गरिरहेका विभिन्न सेवासुविधाको प्रचारप्रसार तथा कम्पनीको ब्रान्ड प्रवद्र्धनसम्बन्धी कार्यमा सक्रिय भूमिका निर्वाह गर्नेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend