images

२०८३ आश्विन २ गते

images
images
images

सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण

सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण

images
images
शुक्रवार, भाद्र २६ २०८३
शुक्रवार, भाद्र २६ २०८३
  • काठमाडौँ, २६ भदौ । मुलुकमा पछिल्लो समय सूचना प्रविधिका क्षेत्रमा वैदेशिक लगानीकर्ताको आकर्षण बढेको पाइएको छ ।

    images
    images

    उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८२।८३ मा विदेशी उद्योगी तथा लगानीकर्ताबाट रु. ५८ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ ।

     आव २०८२।८३ मा विभिन्न एक हजार ११६ परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएकोमा सूचना प्रविधितर्फ मात्रै ७२७ परियोजना रहेका छन् ।  उत्पादनमूलक क्षेत्रमा ६३, ऊर्जामूलकमा चार, कृषिमूलकमा १८, पर्यटनमा २२७, खनिजमा चार, सेवामूलकमा ७१ र पूर्वाधारमूलक क्षेत्रमा दुई परियोजनाका लागि लगानी प्रतिबद्धता आएको छ ।

    images
    images

    आव २०८१।८२ मा विभिन्न ८४२ परियोजनाका लागि रु. ६४ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको थियो । राजनीतिक स्थायित्व, लगानीको सुरक्षा र सरल नीतिगत व्यवस्थाका कारण वैदेशिक लगानीको प्रतिबद्धता बढेको जनाइएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend