images

२०८३ आश्विन २ गते

images
images
images
  • कृषि
  • राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री...

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

images
images
शुक्रवार, भाद्र २६ २०८३
शुक्रवार, भाद्र २६ २०८३
  • दमौली (तनहुँ), २६ भदौ । बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रद्वारा सञ्चालित कार्यक्रमले आर्थिक वर्ष २०८२।८३ मा लक्ष्यभन्दा बढी स्रोत सामग्री उत्पादन गरेको छ ।

    images
    images

    केन्द्रले सो अवधिमा विभिन्न प्रजातिका तीन सय ३३ बाख्रा उत्पादन गर्ने लक्ष्य राखेकामा चार सय ११ बाख्रा उत्पादन गरेको केन्द्रप्रमुख  राजु कँडेलले जानकारी दिएका छन् ।

     खरी प्रजातिका ४० बाख्रा उत्पादन गर्ने लक्ष्य राहेकामा ४८, छ सिन्हालको लक्ष्य निर्धारण रहेकामा आठ, छ बारबारीको लक्ष्य राखेकामा १०, तीन जमुनापारी क्रसको लक्ष्य राखेकामा तीन, ७० शुद्ध बोअरको लक्ष्य राखेकामा ८७, एक सय ६० बोअर क्रसको लक्ष्य राखेकामा एक सय ८४, १५ शुद्ध साननको लक्ष्य राखेकामा १६ र ३३ सानन क्रसको लक्ष्य राखेकामा ५५ बाख्रा उत्पादन भएका छन् ।

    images
    images

    यसैगरी, दुई हजार लिटर दूध उत्पादन गर्ने लक्ष्य रहेकामा चार हजार दुई सय ३१ दशमलव पाँच लिटर, दुई सय किलोग्राम चिज उत्पादन गर्ने लक्ष्य राखेकामा चार सय ६३ दशमलव तीन किलोग्राम तथा ५० चुलेत्रो उत्पादन गर्ने लक्ष्य राखेकामा ६० वटा उत्पादन भएको छ । ७० मेट्रिक टन बाख्राको मल उत्पादन गर्ने लक्ष्य राखेकामा ९६ दशमलव २१ मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ ।

    केन्द्रले सो अवधिमा रु। ७९ लाख १८ हजार चार सय ८५ आम्दानी गरेको छ । स्रोत बीउ तथा वस्तु बिक्रीबाट रु। ५३ लाख ३६ हजार चार सय २५, उत्पादनका सहउत्पादनबाट रु। २३ लाख ९५ हजार पाँच सय ४० तथा अतिथिगृह, तालिम हल र चमेनागृहबाट रु। एक लाख ५२ हजार चार सय २५ आम्दानी भएको छ ।

    यसैगरी, केन्द्रले किसानलाई बाख्रा तथा बाख्रासँग सम्बन्धित अनुसन्धान र प्रविधि विकासका साथै उन्नत जातका प्रजननयोग्य बोका, पाठी तथा घाँसका बेर्ना वितरण गर्दै आएको छ ।

    पशु स्वास्थ्य, पशु प्रजनन, पशु आहारा, चरन तथा घाँसे बाली, कृषि वन, पशु उत्पादन तथा व्यवस्थापनसम्बन्धी अनुसन्धान तथा कार्यक्रम पनि केन्द्रमा सञ्चालन हुँदै आएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend