images

२०८३ आश्विन २ गते

images
images
images

सुनचाँदीको मूल्यमा भारी गिरावट

सुनचाँदीको मूल्यमा भारी गिरावट

images
images
शुक्रवार, भाद्र २६ २०८३
शुक्रवार, भाद्र २६ २०८३
  • काठमाडौं, २६ भदौ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । यसदिन सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला २५५ रुपैयाँले घटेको छ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेर प्रतितोला ४ हजार ६ सय रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images

    एकैदिन सुनको मूल्यमा ४ हजार ८ सय रुपैयाँ तथा चाँदीको मूल्यमा २५५ रुपैयाँको गिरावट आएपछि नेपाली बजारमा बहुमूल्य धातुको कारोबार प्रभावित भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend