images

२०८३ आश्विन २ गते

images
images
images
  • बजार
  • सरकारी मूल्यभन्दा महँगोमा ग्यास बेच्ने किराना...

सरकारी मूल्यभन्दा महँगोमा ग्यास बेच्ने किराना पसललाई ३ लाख जरिबाना

सरकारी मूल्यभन्दा महँगोमा ग्यास बेच्ने किराना पसललाई ३ लाख जरिबाना

images
images
शुक्रवार, भाद्र २६ २०८३
शुक्रवार, भाद्र २६ २०८३
  • काठमाडौं, २६ भदौ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार शाह नियुक्त भएलगत्तै सरकारले खाना पकाउने एलपी ग्यासको बिक्री तथा वितरणमा कडाइ थालेको छ । बजार अनुगमनका क्रममा सरकारी मूल्यभन्दा बढी रकम लिएर ग्यास बिक्री गर्ने एक किराना पसललाई रु. ३ लाख जरिबाना गरिएको छ ।

    images
    images

    CHAME SADAK KADHE PUL.jpg

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–६, चखडोलस्थित अनिल किराना पसलले सरकारले तोकेको मूल्यभन्दा महँगोमा एलपी ग्यास बिक्री गरेको पाइएपछि कारबाही गरिएको हो ।

    images
    images

    विभागका सूचना अधिकारी अनिल किरातीका अनुसार उक्त पसलले प्रतिसिलिन्डर रु। २ हजार ६० मा बिक्री गर्नुपर्ने सुगम ग्यास रु। २ हजार ६ सयमा बिक्री गरिरहेको अवस्थामा अनुगमन टोलीले फेला पारेको थियो ।

    सरकारी मूल्यभन्दा प्रतिसिलिन्डर रु। ५ सय ४० बढी रकम असुल गरेको प्रमाण भेटिएपछि विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम पसललाई रु। ३ लाख जरिबाना गरेको जनाएको छ ।

    ग्यासको कालोबजारी नियन्त्रणमा कडाइ

    एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारी सम्बन्धी गुनासो बढिरहेका बेला विभागले बजार अनुगमनलाई तीव्र बनाएको जनाएको छ । सरकारले तोकेको मूल्यभन्दा बढी रकम असुल गरी ग्यास बिक्री गर्ने व्यवसायीमाथि तत्काल कारबाही गरिने विभागको भनाइ छ ।

    नयाँ आपूर्ति मन्त्री शाह नियुक्त भएसँगै एलपी ग्यासको मूल्य, आपूर्ति व्यवस्था तथा बजारमा हुन सक्ने कालोबजारी नियन्त्रणलाई सरकारले प्राथमिकतामा राखेको संकेत पछिल्लो बजार अनुगमन र कारबाहीले गरेको छ ।

    विभागले उपभोक्तालाई सरकारले तोकेको मूल्यमा मात्रै ग्यास खरिद गर्न तथा बढी मूल्य असुल गर्ने व्यवसायीबारे सम्बन्धित निकायमा जानकारी गराउन समेत आग्रह गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend