images

२०८३ आश्विन १ गते

images
images
images
  • अर्थतन्त्र
  • भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा...

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

images
images
शनिवार, भाद्र २७ २०८३
शनिवार, भाद्र २७ २०८३
  • काठमाडौँ, २७ भदौ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ । 

    images
    images

    आन्तरिक राजस्व विभागका महानिर्देशक डा भीष्मकुमार भुसालले भदौ महिनाको पुरस्कार घोषणा यही असोज १ गते गरिने जानकारी दिएका छन् । करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेटमार्फत उक्त उपहार कार्यक्रम घोषणा गरिएको थियो ।

    साउन १ गतेदेखि सञ्चालनमा आएको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत यही भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपद् आएपछि स्थगन गरिएको थियो । 

    images
    images

    महानिर्देशक भुसालले पहिलो चरणमा भदौ १ देखि १५ गतेसम्म बिल–बिजक लिएर विभागको पोर्टलमा दर्ता गराएका तथा अनलाइनमार्फत वस्तु खरिद गरेका उपभोक्तामध्येबाट हरेक दिनको एक जनाका दरले १५ जनालाई एक लाख ३३ हजार ३३४ रूपैयाँका दरले विजेता छनोट गरिने बताएका छन् ।

    भदौ १ देखि १५ सम्म कारोबारमा संलग्न उपभोक्तामध्येबाट एक जनालाई रु १० लाख रूपैयाँ राशिको करदाता बम्पर प्रोत्साहन पुरस्कारका लागि छनोट गरिनेछ । त्यसपछि दोस्रो चरणमा, भदौ १६ देखि ३१ गतेसम्मका १६ दिनका लागि १६ जनालाई रु एक लाख ३३ हजार ३३४  पुरस्कारका लागि छनोट गरिने विभागले जनाएको छ ।

    भदौ महिनाको दोस्रो १६ दिनका उपभोक्तामध्येबाट एक जना रु १० लाख राशिको बम्पर विजेता छनोट हुनेछन् । असोज १ गते भदौ महिनाका रु एक लाख ३३ हजार ३३४ का ३१ जना विजेता र रु १०–१० लाखका दुई जना बम्पर विजेता गरी जम्मा ३३ जनालाई करदाता प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend