images

२०८३ आश्विन २ गते

images
images
images
  • बजार
  • सिरियामा पेट्रोल, डिजेल र खाना पकाउने...

सिरियामा पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य बढ्यो

सिरियामा पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य बढ्यो

images
images
आइतवार, भाद्र २८ २०८३
आइतवार, भाद्र २८ २०८३
  • काठमाडौं । विश्वव्यापी रूपमा ऊर्जा तथा ढुवानी लागत बढ्नुका साथै आन्तरिक परिष्करण क्षमतामा कमी आएपछि सिरियाले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य अस्थायी रूपमा वृद्धि गरेको छ।

    images
    images

    सिरियाको पेट्रोलियम पदार्थ तथा खनिज स्रोतको मूल्य निर्धारणसम्बन्धी स्थायी समितिले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार ९५–अक्टेन पेट्रोलको मूल्य प्रतिलिटर १५२ सिरियन पाउन्डबाट बढाएर १९५ पाउन्ड पुर्‍याइएको छ। यो करिब २८.३ प्रतिशत वृद्धि हो।

    त्यस्तै, ९०–अक्टेन पेट्रोलको मूल्य प्रतिलिटर १४७ बाट बढाएर १८५ पाउन्ड पुर्‍याइएको छ। उक्त मूल्य करिब २५.९ प्रतिशतले वृद्धि भएको हो।

    images
    images

    डिजेलको मूल्यमा भने अझ ठूलो वृद्धि गरिएको छ। डिजेलको मूल्य प्रतिलिटर १२५ पाउन्डबाट बढाएर १७५ पाउन्ड पुर्‍याइएको छ, जुन ४० प्रतिशत वृद्धि हो।

    खाना पकाउने ग्यास पनि महँगियो

    सिरियामा घरायसी प्रयोजनमा प्रयोग हुने खाना पकाउने ग्यासको मूल्यसमेत बढाइएको छ।

    नयाँ मूल्यअनुसार घरायसी ग्यास सिलिन्डरको मूल्य १ हजार ४७० पाउन्डबाट बढाएर १ हजार ६०० पाउन्ड पुर्‍याइएको छ। यससँगै ग्यासको मूल्य करिब ८.८ प्रतिशतले बढेको छ।

    सिरियाको ऊर्जा मन्त्रालयले पछिल्लो मूल्य वृद्धि अस्थायी भएको जनाएको छ। अन्तर्राष्ट्रिय बजारबाट पेट्रोलियम पदार्थ खरिद गर्दा लागत असामान्य रूपमा बढेको तथा देशको प्रमुख इन्धन आपूर्तिकर्तामध्ये एक बानियास रिफाइनरीमा व्यापक मर्मतसम्भार भइरहेको कारण मूल्य समायोजन गर्नुपरेको मन्त्रालयको भनाइ छ।

    एक सातामै पुनः मूल्य समायोजन

    सिरियाले यसअघि सेप्टेम्बर ४ मा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो। त्यसबेला पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर पाँच पाउन्डले बढाइएको थियो भने घरायसी तथा औद्योगिक ग्यासको मूल्य यथावत् राखिएको थियो।

    त्यसको करिब एक सातापछि पुनः पेट्रोल, डिजेल तथा घरायसी ग्यासको मूल्य वृद्धि गरिएको हो।

    ऊर्जा तथा ढुवानी लागतमा आएको वृद्धि र आन्तरिक परिष्करण क्षमतामा देखिएको सीमितताले सिरियाको इन्धन आपूर्ति तथा मूल्य व्यवस्थापनमा दबाब बढाएको देखिएको छ।

    सरकारले पछिल्लो मूल्य वृद्धि अस्थायी भने पनि इन्धन तथा खाना पकाउने ग्यासको मूल्य बढ्दा त्यसको प्रत्यक्ष प्रभाव सर्वसाधारणको दैनिक खर्च, यातायात तथा अन्य वस्तु तथा सेवाको लागतमा पर्न सक्ने देखिन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend