images

२०८३ आश्विन १ गते

images
images
images
  • अटो
  • हुन्डाईको ‘फेस्टिभ ड्राइभ २०८३’ योजना सार्वजनिक,...

हुन्डाईको ‘फेस्टिभ ड्राइभ २०८३’ योजना सार्वजनिक, ३ लाखसम्म नगद छुट

हुन्डाईको ‘फेस्टिभ ड्राइभ २०८३’ योजना सार्वजनिक, ३ लाखसम्म नगद छुट

images
images
मंगलवार, भाद्र ३० २०८३
मंगलवार, भाद्र ३० २०८३
  • काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं, तिहार तथा छठलाई लक्षित गर्दै ‘फेस्टिभ ड्राइभ २०८३’ योजना सार्वजनिक गरेको छ ।अफरअन्तर्गत हुन्डाईका गाडी खरिद गर्ने ग्राहकले ३ लाख रुपियाँसम्मको नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यस्तै, स्क्र्याच कार्डमार्फत थप ५ लाख रुपियाँसम्मको नगद छुट जित्ने अवसर समेत प्रदान गरिएको छ । कम्पनीका अनुसार गाडी खरिद गर्ने ग्राहकले एक वर्षको निःशुल्क अटो प्ल्स इन्स्योरेन्स र एक वर्षको निःशुल्क सडक कर सुविधा पनि पाउनेछन्।

    images
    images

    हुन्डाईले आफ्ना गाडीमा ३ वर्षको वारेन्टी तथा ६ वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ। यी सुविधाले ग्राहकलाई गाडी खरिददेखि स्वामित्वसम्म थप सहजता र मूल्य प्रदान गर्ने कम्पनीको दाबी छ ।दशैं, तिहार तथा छठको अवसरलाई लक्षित गरिएको यो योजना भदौ २३ गतेदेखि लागू हुने कम्पनीले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend