काठमाडौं । नेपालका लागि टीभीएस दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले चाडपर्वलाई लक्षित गर्दै विशेष उपभोक्ता योजना ‘TVS Golden Key’ सार्वजनिक गरेको छ। दसैँलाई अझ विशेष र उत्साहपूर्ण बनाउने उद्देश्यले ल्याइएको यस योजनाअन्तर्गत कुनै पनि टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्ने प्रत्येक ग्राहकले निश्चित पुरस्कार प्राप्त गर्नेछन्।यस योजनाअन्तर्गत ग्राहकले १० लाख रुपैयाँसम्म नगद छुट, Gold Key वा खरिद मूल्यको १०० प्रतिशतसम्म क्यासब्याकमध्ये कुनै एक निश्चित पुरस्कार पाउनेछन्। यसका साथै विशेष दैनिक लक्की ड्रमार्फत हरेक दिन दुई जना ग्राहकले ५ वर्षसम्मको निःशुल्क सर्भिस जित्ने अवसर प्राप्त गर्नेछन्। नयाँ सवारीसाधन खरिदलाई सहज बनाउन कम्पनीले नियमानुसार सहज फाइनान्स सुविधा पनि उपलब्ध गराएको छ।
योजना शुभारम्भका अवसरमा जगदम्बा मोटर्स प्रा.लि. का उपाध्यक्ष दीपक रौनियारले भने, ‘दसैँ उत्सव, नयाँ सुरुवात र पारिवारिक खुसीको पर्व हो। टीभीएसमा हामी सधैँ आफ्ना ग्राहकहरूको चाडपर्वलाई अझ विशेष बनाउन अतिरिक्त मूल्य र आकर्षक अवसरहरू प्रदान गर्न प्रतिबद्ध छौँ।’ उनले थपे, ‘TVS Golden Key मार्फत प्रत्येक ग्राहकले निश्चित पुरस्कार प्राप्त गर्नुहुनेछ।’कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘हाम्रा ग्राहकहरू सधैँ हाम्रो सम्पूर्ण कार्यको केन्द्रमा रहँदै आउनुभएको छ। TVS Golden Key योजना उहाँहरूलाई थप मूल्य, उपयोगी लाभ र चाडपर्व मनाउने थप कारण प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रतिबिम्ब हो।’ उनले अगाडि भने, ‘सहज फाइनान्स सुविधासँगै यस योजनाले नेपालभरका ग्राहकहरूका लागि टीभीएस सवारीसाधनको स्वामित्वलाई अझ सहज, आकर्षक र लाभदायी बनाउनेछ।’




.gif)



