images

२०८३ आश्विन २ गते

images
images
images
  • प्रविधि
  • पुरानो स्मार्टफोनको स्पीड बढाउने सजिलो उपाय,...

पुरानो स्मार्टफोनको स्पीड बढाउने सजिलो उपाय, नयाँ फोन किन्नु पर्ने झन्झट हटाउनुहोस्

पुरानो स्मार्टफोनको स्पीड बढाउने सजिलो उपाय, नयाँ फोन किन्नु पर्ने झन्झट हटाउनुहोस्

images
images
बुधवार, मंसिर ५ २०८१
बुधवार, मंसिर ५ २०८१
  • काठमाडौं । तपाईं जति महँगो स्मार्टफोन किनेता पनि समय बित्दै जाँदा यसको स्पीड स्लो हुन थाल्छ । त्यसपछि नयाँ फोन किन्ने दबाब बढ्न थाल्छ । तर, नयाँ फोन किन्ने सोच बनाउनु अघि यदि तपाईं आफ्नो पुरानो फोनमै केही सेटिङहरू परिवर्तन गर्नुहुन्छ भने स्पीड पहिले जस्तै बन्न सक्छ ।  आउनुहोस्, ती उपायहरू जानौं जसले तपाईंको पुरानो फोनको स्पीडलाई सुपरफास्ट बनाउन मद्दत गर्नेछ ।  पुरानो फोनको स्पीड बढाउनका लागि तपाईंले केही कुरामा ध्यान दिनुपर्छ ।  

    images
    images

    हार्डवेयर

    – ब्याट्रीः यदि स्मार्टफोनको ब्याट्री राम्रोसँग काम गरिरहेको छैन भने यसको असर फोनको परफर्मेन्समा देखिन्छ । स्पीड बढाउनको लागि तपाईं ब्याट्री बदल्न सक्नुहुन्छ । 
    – डिस्प्लेः डिस्प्लेमा सानो खराबीले पनि फोनको स्पीड स्लो गर्न सक्छ । त्यसैले राम्रो परफर्मेन्सको लागि डिस्प्ले सही रूपमा काम गर्नु आवश्यक छ । 
    – फोनलाई रिसेट गर्नुहोस्ः फोन रिसेट गर्दा डेटा मेटिन्छ, तर स्पीड पहिलेभन्दा धेरै राम्रो हुन्छ । 
     
    यस्ता उपायबाट पनि स्पीड बढाउन सकिन्छ  

    – अपरेटिङ सिस्टम: स्पीड सुधार गर्न फोन सधैं लेटेस्ट ओएसमा चलाउनुपर्छ ।  

    images
    images

    – अनावश्यक एपहरू हटाउनुहोस् : यदि फोनमा चलाउने भन्दा बाहेकका एपहरू छन् भने तिनीहरू हटाउँदा फोनको स्पीड बढ्न सक्छ ।  

    – क्यास मेमोरी क्लियर गर्नेः फोनको क्यास मेमोरी क्लियर गर्दा फोनको स्पीड राम्रो हुन्छ ।  

    – ब्याकग्राउन्डमा चल्ने एपहरूः फोनको ब्याकग्राउन्डमा चलिरहेका एपहरूले ब्याट्री र डेटा खर्च गर्छन्, जसको असर परफर्मेन्समा पर्छ । यी एपहरू बन्द गर्दा स्पीड बढ्न सक्छ ।  

    – हेभी एप नराख्नुहोस् : केही प्रयोगकर्ताहरू फोनमा हेभी एप इन्स्टल गर्छन्, जसले धेरै स्टोरेज स्पेस ओगट्छ र स्पीडलाई स्लो बनाउँछ । त्यसैले तिनीहरू हटाउनु सही विकल्प हो ।  

    यी ट्रिक्सहरू अपनाउनुहोस्   

    • फोनलाई नियमित रूपमा रिस्टार्ट गर्नुहोस् ।  
    • फोनको स्टोरेज खाली राख्नुहोस् ।  
    • फोनमा भाइरस स्क्यानर इन्स्टल गर्नुहोस् ।  
    •  फोनको सेटिङ्समा गई अनावश्यक विकल्पहरू बन्द गर्नुहोस् । 
    • नचाहिने भिडियो र फोटो डिलिट गर्नुहोस् ।  
    • कम प्रयोग हुने एपहरू अनइन्स्टल गर्नुहोस् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend