images

२०८३ आश्विन २ गते

images
images
images

इन्टरनेट सेवाप्रदायक नेट म्याक्सको लाइसेन्स खारेज

इन्टरनेट सेवाप्रदायक नेट म्याक्सको लाइसेन्स खारेज

images
images
आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायक कम्पनी नेट म्याक्स टेक्नोलोजीज प्रालिको अनुमतिपत्र खारेज गरेको छ । नवीकरणका लागि समयावधिभित्र निवेदन पेश नगरेपछि नियामकले नेटम्याक्सको अनुमतिपत्र खारेज गरेको हो ।

    images
    images

    यस कम्पनीलाई २९ कात्तिक २०६६ मा इन्टरनेट (ईमेलसहित) सेवा प्रदान गर्न अनुमतिपत्र दिइएको थियो । तर, अनुमतिपत्र नवीकरणका लागि तोकिएको समयसीमाभित्र निवेदन पेश नगरेकाले नेपाल दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) अनुसार गत २९ कात्तिकदेखि स्वतः रद्द गरिएको प्राधिकरणले जनाएको छ ।

    आइतबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले नेटम्याक्सले नियमानुसार तिर्न/बुझाउन पर्ने रकमका विषयमा जानकारी दिएको छ । यदि ३० दिनभित्र प्राधिकरण कार्यालयमा सम्पर्क नगरेमा प्रचलित कानुनी प्रक्रिया अनुसार कारबाही अघि बढाइने सूचनामा उल्लेख छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend