images

२०८३ आश्विन २ गते

images
images
images

ट्रेजरी बिलमार्फत सरकारले साढे १८ अर्ब आन्तरिक ऋण उठाउँदै

ट्रेजरी बिलमार्फत सरकारले साढे १८ अर्ब आन्तरिक ऋण उठाउँदै

images
images
आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • काठमाडौँ ।  ट्रेजरी बिलमार्फत सरकारले सोमबार साढे १८ अर्ब रुपैयाँबराबर आन्तरिक ऋण उठाउन लागेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सूचना जारी गर्दै ट्रेजरी बिलमार्फत १८ अर्ब ५० करोड रुपैयाँ उठाउन लागेको जनाएको हो ।

    images
    images

    कार्यालयले उल्लिखित रकम बराबरको परिपक्व अवधि पूरा भएको पुरानो ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो । ट्रेजरी बिलका लागि सोमबार (मंसिर २४ गते) दिउँसो तीन बजेसम्म बोलकबोल गर्न सकिने सूचनामा उल्लेख छ । जसअनुसार मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ ।

    यसअघि सरकारले पटक पटक ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक ऋणपत्रलगायत औजारमार्फत आन्तरिक ऋण संकलन गरिरहेको छ । सोही क्रममा यस पटक ट्रेजरी बिलमार्फत साढे १८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागिएको हो ।

    images
    images

    पछिल्लो पटकको बोलकबोलमा २.९९ प्रतिशत भारित औसत ब्याजदर तय भएको छ । बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी ३ प्रतिशत र सबैभन्दा कम २.३१ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए ।

    चालु वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन गरेको छ । कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड अर्थात् १९.७४ प्रतिशत छ । यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ६.२ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशतले बढी हो ।

    आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड व्यहोर्दा ५ खर्ब ४७ अर्ब ६७ करोड न्यून हुनेछ । सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड जुटाइनेछ । राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट जुटाइने सरकारको योजना छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend