images

२०८३ आश्विन २ गते

images
images
images

नेपाल माइक्रो इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

नेपाल माइक्रो इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

images
images
सोमवार, पौष १ २०८१
सोमवार, पौष १ २०८१
  • पोखरा । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले सवारी दुर्घटनामा ज्यान गुमाएका शोभाकान्त वाग्ले शर्माको परिवारलाई मृत्यु दाबी भुक्तानी प्रदान गरेको छ ।कम्पनीले गण्डक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सेयर सदस्यको जनही एक लाख बराबरको सामूहिक दुर्घटना लघु बीमा गराएको थियो ।

    images
    images

    सोही अनुरुप कम्पनीले सहकारीको साधारणसभाको अवसरमा कम्पनीका पोखरा प्रमुख श्रीकृष्ण पौडेल, गण्डकी प्रदेशसभा सार्वजनिक लेखा समिति सभापति सुधीरकुमार पौडेलले सहकारीका अध्यक्ष दीपेन्द्रराज ढकालमार्फत स्व. शोभाकान्तकी श्रीमती सीतादेवी शर्मालाई रकम हस्तान्तरण गरिएको हो । बीमा दावी बापतको रकम एक लाख १० हजार रूपैयाँ रहेको छ ।

    साे अवसरमा गण्डकी प्रदेशशभा सदस्य एवं सार्वजनिक लेखा समिति सभापति पौडेलले बीमाका यस्ता कार्यक्रमलाई व्यापक बनाउनुपर्नेमा जोड दिए ।उनले सहकारीले निक्षेप संकलन तथा ऋण प्रवाहमात्र नगरी आफ्ना सेयर सदस्यको आर्थिक सुरक्षा स्वरुप बीमा कार्यक्रम र अन्य रचनात्मक कार्यक्रम गरेकोमा प्रशंसा गरे ।कम्पनीले न्यून शुल्कमा बीमा सेवा ल्याएको भन्दै उनले बीमा कम्पनीका कार्यक्रमलाई नीति बनाई प्रदेशबाट अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

    images
    images

    सांसद पौडेलले भने, ‘विदेशबाट फर्किएका युवा, नेपालमा केही गरौँ भन्ने साेँचका साथ अघि बढ्ने नागरिकका लागि लघु बीमानै प्रभावकारी हुन्छ ।’आफू बीमा कार्यक्रमप्रति सधैँ सकारात्मक रहेको भन्दै उनले लघु बीमाको बारेमा प्रचारप्रसार नपुगेको बताए ।गण्डक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दीपेन्द्रराज ढकालले संस्थाले बीमा सेवा जस्ता अन्य रचनात्मक कार्यक्रम अघि बढाउने प्रतिवद्धता जनाए ।

    संस्थाले आफ्ना सेयर सदस्यको जनही एक लाखको बीमा गराउँदा प्रतिसदस्य ७५ रुपैयाँका दरले बीमाशुल्क तिरेको उल्लेख गरे । उनले आगामी दिनमा बीमाको बीमाङ्क थप्नुका साथै अब ऋणिको समेत बीमा गर्ने जानकारी दिए । साथै उनले बिना झन्झट छिटोछरितो तरिकाले दावी भुक्तानी गरेकोमा कम्पनीप्रति आभार व्यक्त गरे ।कम्पनीका पोखरा शाखा प्रमुख श्रीकृष्ण पौडेलले न्यून आय भएका व्यक्ति, सिमान्तकृत समुदाय तथा बीमाको पहुँच नपुगेको ठाउँमा बीमा सेवा पुर्याउने उद्देश्यका साथ नेपाल माइक्रो इन्स्योरेन्सको स्थापना भएको जानकारी दिए ।

    कम्पनी स्थापनाको छोटो समयमा आफ्ना कार्यक्रम स्थापित गर्न सफल भएको भन्दै उनले नेपालका सात वटै प्रदेशमा शाखा विस्तार गर्न सफल भएको र कम्पनी लघु बीमा क्षेत्रमा अग्रणी स्थानमा रहेको बताए ।पौडेलले कम्पनीले साना व्यावसायीलाई लक्षित गरि अति नै कम शुल्कमा बीमा गर्ने र ५० लाखसम्मको बिमांङ्कमा बीमा गर्ने बताए ।कम्पनी सधैँ ग्राहकको पक्षमा रहेर काम गर्ने र बीमा बेच्नु भन्दा पनि दावी भुक्तानीलाई प्राथमिकता दिएको उनले स्पष्ट पारे ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend