images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • राष्ट्रिय बीमा कम्पनीको वार्षिक साधारण सभा...

राष्ट्रिय बीमा कम्पनीको वार्षिक साधारण सभा आह्वान

राष्ट्रिय बीमा कम्पनीको वार्षिक साधारण सभा आह्वान

images
images
सोमवार, पौष १ २०८१
सोमवार, पौष १ २०८१
  • काठमाडौं - राष्ट्रिय बीमा कम्पनीले आफ्नो दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ।

    images
    images

    कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा यही पुस २४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको शंखमूलस्थित अनमोल क्याटरिङ सर्भिसमा बिहान ११ बजेबाट सुरु हुनेछ।

    सभाले आर्थिक वर्ष २०७३।७४ र २०७४।७५ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। महालेखापरीक्षक कार्यालयको परामर्शबमोजिम सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षकको आर्थिक वर्ष २०७३।७४ र २०७४।७५को नियुक्ति एवं पारिश्रमिक अनुमोदन गर्नेछ।

    images
    images

    महालेखापरीक्षक कार्यालयको परामर्शबमोजिम सञ्चालक समितिबाट आर्थिक वर्ष २०७५।७६ देखि २०७८।७९ का लागि नियुक्त लेखापरीक्षकको नियुक्ति एवं पारिश्रमिक समर्थन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।सञ्चालकहरूको आर्थिक वर्ष २०७३।७४ र २०७४।७५ को बैठक भत्ता र एवं सुविधा पनि सभाले अनुमोदन गर्नेछन्। सञ्चालकहरूको बैठक भत्ता ६ हजार रुपैयाँ तथा सञ्चार, पत्रपत्रिका, इन्टरनेट र इन्धन खर्च मासिक १२ हजार रुपैयाँ प्रदान गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

    वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनी पुस १८ गतेदेखि पुस २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारण सभामा भाग लिन पाउनेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend