images

२०८३ आश्विन २ गते

images
images
images
  • अर्थतन्त्र
  • पाँच महिनामा १० लाखथान स्मार्टफोन आयात,सबैभन्दा...

पाँच महिनामा १० लाखथान स्मार्टफोन आयात,सबैभन्दा धेरै चीनबाट

पाँच महिनामा १० लाखथान स्मार्टफोन आयात,सबैभन्दा धेरै चीनबाट

images
images
सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • काठमाडौं । बितेको पाँच महिनामा नेपालमा करिब १० लाखथान स्मार्टफोन आयात गरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणानुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नौ लाख ९० हजार ७५४ थान स्मार्टफोन नेपाल भित्र्याइएको छ ।

    images
    images

    उक्त संख्यामा स्मार्टफोन आयात गर्दा १५ अर्ब १८ करोड ११ लाख १८ हजार रुपैयाँ विदेशिएको छ । बितेको पाँच महिनामा स्मार्टफोनबाट मात्र सरकारले दुई अर्ब ८३ करोड नौ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

    अस्ट्रेलिया, अस्ट्रिया, बंगलादेश, बेल्जियम, बुल्गेरिया, क्यानडा, चीन, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, घाना, हङकङ, भारत, इराक, इजरायल, इटाली, जापान, जोर्डन, केन्या, दक्षिण कोरिया, कोसोभो, कुवेत, मलेसिया, लक्जेम्वर्ग, माल्दिभ्स, माल्टा, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, नर्वे, ओमान, पाकिस्तान, पोल्यान्ड, पोर्चुगल, कतार, साउदी अरेबिया, सिंगापुर, दक्षिण अफ्रिका, स्पेन, श्रीलंका, स्वीडेन, स्वीट्जरल्यान्ड, थाइल्यान्ड, युक्रेन, यूएई, बेलायत, अमेरिका, उज्वेकिस्तान र भियतनामबाट नेपालमा स्मार्टफोन आयात गर्ने गरिएको छ ।

    images
    images

    बितेको पाँच महिनामा चीनबाट मात्र १० अर्ब ३५ करोड ६१ लाख ७३ हजार रुपैयाँको सात लाख ४७ हजार ५६४ थान समार्टफोन नेपाल भित्र्याइएको छ ।सोही अवधिमा भारतबाट चार अर्ब ५९ करोड ७५ लाख ७५ हजार रुपैयाँको दुई लाख ३९ हजार ८७८ थान समार्टफोन नेपालले आयात गरेको विवरणमा देखिन्छ ।

    अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा नेपालले विभिन्न देशबाट १३ अ ५९ करोड ९५ लाख ६१ हजार रुपैयाँको नौ लाख दुई हजार ९८१ थान स्मार्टफोन आयात गरेको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend