images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • बीमा कम्पनीहरूले घरजग्गा बाहेक सम्पत्ति खरिद...

बीमा कम्पनीहरूले घरजग्गा बाहेक सम्पत्ति खरिद गर्दा अनुमति लिनु नपर्ने

बीमा कम्पनीहरूले घरजग्गा बाहेक सम्पत्ति खरिद गर्दा अनुमति लिनु नपर्ने

images
images
शुक्रवार, पौष १२ २०८१
शुक्रवार, पौष १२ २०८१
  • काठमाडौं । बीमा कम्पनीहरूले घरजग्गा बाहेक अन्य सम्पत्ति खरिद गर्दा नेपाल बीमा प्राधिकरणको अनुमति लिनु नपर्ने भएको छ । प्राधिकरणले ‘बीमकको स्थिर सम्पत्ति सम्बन्धी निर्देशन २०८१’ तयार पार्दै यस्तो व्यवस्था गरेको छ । प्राधिकरणले जीवन, निर्जीवन, लघु तथा पुनर्बीमकहरूको लागि तयार पारेको स्थिर सम्पत्ति खरिद निर्देशन मस्यौदा सार्वजनिक गर्दे राय सुझाव माग गरेको छ ।

    images
    images

    बीमकले घर जग्गा खरिद, निर्माण गर्नुपूर्व प्राधिकरणबाट सैद्धान्तिक तथा अन्तिम स्वीकृति लिनुपर्नेछ । घर निर्माण गर्दा बीमकले हालसम्म खरिद गरेको स्थिर सम्पत्तिको ह्रासकट्टी पछिको हुन आउने मूल्य र खरिद गर्न स्वीकृति माग गरेको स्थिर सम्पत्तिको लागतको योगफल गणना गरिएको नेट वर्थको ३० प्रतिशतको सीमा भित्र रहनुपर्नेछ । नेटवर्थ गणना गर्दा पछिल्लो लेखापरीक्षण गरिएको वित्तीय विवरणको आधारमा गर्नुपर्नेछ । स्थिर सम्पत्तिको ह्रासकट्टी पछिको हुन आउने मूल्य गणना गर्दा कुनै पनि स्थिर सम्पत्तिको पुनर्मूल्याङ्कन गरिएको भएमा रिभ्यालुएसन सरप्लस बराबरको रकम स्थिर सम्पत्तिको खुद मूल्यबाट हटाउनु पर्नेछ । 

    नेट वर्थको दुई प्रतिशतभन्दा कम निर्माण लागत हुन गएमा प्राधिकरणको स्वीकृति लिनुपर्ने छैन । घरजग्गा बाहेकका अन्य स्थिर सम्पत्ति खरिद, निर्माण गर्दा प्राधिकरणको स्वीकृति लिनुपर्ने छैन । बीमकले घर जग्गा खरिद, निर्माण गर्न निवेदन पेश गर्दा उक्त खरिद निर्माणको प्रयोग खुलाउनु पर्नेछ । कार्यालय प्रयोजन, व्यावसायिक प्रयोजन, कार्यालय तथा व्यावसायिक प्रयोजन लागि खरिद गर्न लागिएको विवरण खुलाउनु पर्नेछ । बीमकको घर जग्गा खरिद कार्यालय प्रयोजन र कार्यालय तथा व्यावसायिक प्रयोजन दुवैका लागि निर्देशनको व्यवस्था बमोजिम स्वीकृति प्रदान गरिनेछ ।

    images
    images

    र्यालय तथा कार्यालय तथा व्यावसायिक प्रयोजन दुवैका लागि घर जग्गा खरिद, निर्माण स्वीकृति माग भएमा कार्यालय प्रयोजनको लागि प्रयोग हुने हिस्साको लागत र प्रतिशत तथा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने हिस्साको लागत र प्रशित खुलाई प्राधिकरण समक्ष निवेदन पेश गर्नुपर्नेछ । बीमकको घर जग्गा खरिद, निर्माण व्यावसायिक प्रयोजनको लागि मात्र भए बीमकको लगानी निर्देशन बमोजिम स्वीकृति प्रदान गरिनेछ ।

    त्यस्तै, बीमकले आफ्नो आर्थिक प्रशासन विनियमावली बमोजिम घर जग्गा खरिद, निर्माण गर्नु अघि आवश्यक विवरण तथा कागजातसहित खरिद निर्माणको प्रयोजन खुलाई प्राधिरकणको सैद्धान्तिक स्वीकृतिका लागि निवेदन दिनुपर्नेछ । सैद्धान्तिक स्वीकृतिको लागि प्राप्त निवेदन र सो साथ संलग्न कागजातको जाँचबुझ गर्दा स्वीकृति दिन उपयुक्त हुने देखिएमा कुनै शर्त नतोकी सैद्धान्तिक स्वीकृति दिन सक्नेछ ।  जग्गा खरिद, निर्माण गर्न प्राधिकरणबाट सैद्धान्तिक स्वीकृति प्राप्त भएको मितिले चार महिना भित्रमा खरिद, निर्माण प्रक्रिया अघि बढेको प्रमाण पेश नभएमा दिइएको स्वीकृति स्वत: रद्द हुनेछ । तर, सार्वजनिक खरिद ऐन, नियम लागू हुने बीमकको हकमा थप समय आवश्यक पर्ने भएमा उक्त बीमकको आन्तरिक खरिद विनियमावलीको व्यवस्था खुलाइ स्पष्ट आधार खुल्ने गरी निवेदन पेश गर्न सक्नेछ । यसरी प्राप्त भएको निवेदन उपर जाँचबुझ प्राधिकरणलाई मनासिव लागेमा थप समय प्रदान गर्न सक्नेछ  । 

    बीमकले घर जग्गा खरिद, निर्माण गर्न प्राधिकरणबाट सैद्धान्तिक स्वीकृति प्राप्त भएपश्चात उक्त खरिद, निर्माणको अन्तिम स्वीकृतिका लागि बमोजिमको विवरण तथा कागजात सहित निवेदन दिनुपर्नेछ । अन्तिम स्वीकृतिको लागि प्राप्त निवेदन र सो साथ संलग्न कागजातको जाँचबुझ गर्दा स्वीकृति दिन उपयुक्त हुने देखिएमा कुनै शर्त तोकी वा नतोकी अन्तिम स्वीकृति दिन सक्नेछ । 

    घर जग्गा खरिद गर्न प्राधिकरणबाट अन्तिम स्वीकृति प्राप्त भएको मितिले दुई महिना भित्रमा खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको प्रमाण पेश नभएमा दिइएको स्वीकृति स्वत: रद्द हुनेछ । घर निर्माणको हकमा प्राधिकरणबाट अन्तिम स्वीकृति प्राप्त भएको मितिले दुई महिना भित्र निर्माण कार्य शुरु गर्नुपर्नेछ । 

    घर जग्गा खरिद सम्बन्धी मापदण्ड
    बीमकले कार्यालय प्रयोजनका लागि स्थिर सम्पत्ति खरिद/निर्माण गर्दा बीमकले हालसम्म खरिद गरेको स्थिर सम्पत्तिको ह्रासकट्टी पछिको हुन आउने मूल्य र खरिद गर्न स्वीकृति माग गरेको स्थिर सम्पत्तिको लागतको योगफल गणना गरिएको नेट वर्थको ३० प्रतिशतको सीमा भित्र रहनुपर्नेछ । नेटवर्थ गणना गर्दा पछिल्लो लेखापरिक्षण गरिएको वित्तीय विवरणको आधारमा गर्नुपर्नेछ ।

    स्थिर सम्पत्तिको ह्रासकट्टी पछिको हुन आउने मूल्य गणना गर्दा कुनै पनि स्थिर सम्पत्तिको पुर्नमूल्याङ्कन गरिएको भएमा रिभ्यालुएसन सरप्लस बराबरको रकम स्थिर सम्पत्तिको खुद मूल्यबाट हटाउनुपर्नेछ ।  बीमकले आफनो स्वामित्वमा रहेको वा स्व–प्रयोजनमा प्रयोग भएको घर जग्गा बिक्री गर्दा बिक्री मूल्य गणना गरिएको नेट वर्थको १० प्रतिशत वा सो भन्दा बढी हुन गएमा प्राधिकरण समक्ष स्वीकृतिका लागि निवेदन दिन सक्नेछ । 

    नेटवर्थ गणना गर्दा पछिल्लो लेखापरीक्षण  गरिएको वित्तीय विवरणको आधारमा गर्नुपर्नेछ । घर जग्गा बिक्री स्वीकृतिको लागि प्राप्त निवेदन र सो साथ संलग्न कागजातको जाँचबुझ गर्दा स्वीकृति दिन उपयुक्त हुने देखिएमा कुनै शर्त तोकी वा नतोकी स्वीकृतिको दिन सक्नेछ । बीमकले आफनो स्वामित्वमा भएको घर जग्गा बिक्री गरेमा बिक्रीको शर्त, बिक्री मूल्य र खरिदकर्ताको विवरण बिक्री गरेको १५ दिन भित्र प्राधिकरणमा जानकारी गराउनुपर्नेछ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend