images

२०८३ आश्विन २ गते

images
images
images
  • प्रविधि
  • यी फोनमा चल्ने छैन ह्वाट्सएप, फेसबूक...

यी फोनमा चल्ने छैन ह्वाट्सएप, फेसबूक र इन्स्टाग्राम

यी फोनमा चल्ने छैन ह्वाट्सएप, फेसबूक र इन्स्टाग्राम

images
images
बुधवार, पौष १७ २०८१
बुधवार, पौष १७ २०८१
  • काठमाडौं । आज सन् २०२५ को पहिलो दिन । आजदेखि केही मोबाइल फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने भएको छ ।

    images
    images

    अब २० भन्दा बढी प्रकारका एन्ड्रोइड मोबाइल फोनमा ह्वाट्सएप र फेसबुक चल्ने छैन । मेटाले आफ्ना एपको सुरक्षाका निम्ति भन्दै २०भन्दा बढी मोडलका एन्ड्रोइड र आईओस(आइफोन)मा ह्वाट्सएप, फेसबूक र इन्स्टाग्राम बन्द गर्न लागेको हो ।

    १० वर्षभन्दा पुराना मोडलका सबै प्रकारका मोबाइल फोन (एन्ड्रोइड/आईओस)मा ह्वाट्सएप र फेसबुक नचल्ने बताइएको छ ।

    images
    images

    जसमा सामसङका मोडलहरु ग्यालेक्सी एस ३, ग्यालेक्सी नोट २, ग्यालेक्सी एसीई ३ र ग्यालेक्सी एस ४ मिनी, मोटोरोलाका मोडलहरु माटो जी (फस्ट जेन), राजर एचडी र मोटो ई २०१४, एचटीसीका मोडेलहरु वान एक्स, वान एक्स प्लस, डिजाइर ५०० र डिजाइर ६०१, एलजीका अप्टिमस जी, नेक्सस ४, जी २ मिनि र एल ९०, सोनीको एक्सपेरिया जेड, एक्सपेरिया एसपी, एक्सपेरिया टी र एक्सपेरिया भी ती एपहरु चल्ने छैन ।

    एन्ड्रोइडको ४.१ भन्दा पहिलेका एन्ड्रोइड भर्सन रहेका सबै मोबाइल फोनमा फेसबूक, ह्वाट्सएप र इन्स्टाग्राम चल्ने छैन ।यस्तै, आईओस १५.१ भन्दा पुराना आइओएस भर्सन भएका आइफोनमा पनि फेसबूक, ह्वाट्सएप र इन्स्टाग्राम चल्ने छैन । जस्तै, आइफोन ५ एस, आइफोन ६ र आइफोन ६ प्लस ।आईफोनका प्रयोगकर्ताले नयाँ उपकरण खरिद गर्न र यसलाई साट्नको लागि मे ५, २०२५ सम्मको समय पाएका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend