images

२०८३ आश्विन २ गते

images
images
images
  • कृषि
  • गाउँभरि केराखेती बजारको अभाव,हिजो आज किसान...

गाउँभरि केराखेती बजारको अभाव,हिजो आज किसान चिन्तित

गाउँभरि केराखेती बजारको अभाव,हिजो आज किसान चिन्तित

images
images
शुक्रवार, पौष १९ २०८१
शुक्रवार, पौष १९ २०८१
  • काठमाडौँ, १९ पुस, एक सय ५० भन्दा बढी घरपरिवारको बसोबास रहेको बेनी नगरपालिका–२ खबरा गाउँभरि केराखेती भएको छ । तर उत्पादन भएको केराले बजार नपाउँदा किसान चिन्तित भएका छन् । 

    images
    images

    हिउँदयाम सुरू भए सँगै केरा बिक्री घटेको र बोटमै पाकेर चराचुरूङ्गीको आहरा बन्न थालेको खबराका किसान वुद्धवीर परियारले बताउनु भयो । “पहिले हप्ताको २० घरी सम्म केरा बिक्री हुन्थ्यो”, उहाँले भन्नुभयो, “हिजो आज हप्तामा मुस्किलले पाँच घरी पनि बिक्री हुँदैन ।”

    जहाँ सबैले व्यावसायिक केराखेती गरेका छन् । यहाँ वार्षिक रू २ करोड मूल्य भन्दा बढीको केरा बिक्री हुने स्थानीय राधाकृष्ण कृषि सहकारी संस्थाले जनाएको छ । केरा बिक्री र आम्दानी घटेको खबराका किसान हीरा कुँवरले बताउनु भयो । धान, कोदो, मकै बालीको विकल्पमा केराखेती गरेका किसान उत्पादनले बजार र मूल्य नपाउँदा निराश भएका उहाँले बताउनुभयो । 

    images
    images

    प्रति १२ कोसा (दर्जन) रू १ सय ८० सम्ममा बिक्री गरेको केराको मूल्य घटेर अहिले रू १ सयमा झरेको छ । बेनीका फलफूल व्यवसायी श्रीकृष्ण सुवेदीले चिसो बढे सँगै केराको खपत र बिक्री घटेको बताउनु भयो । गर्मीयाममा दैनिक २० दर्जन सम्म खपत हुने केरा हिजोआज दुई–तीन दर्जन मात्रै बिक्री भएको उहाँले बताउनुभयो । स्थानीय किसानको उत्पादनले पुगेपछि बेनीमा पछिल्ला पाँच वर्षयता भारत र तराईबाट केरा आयात न्यून मात्रामा हुने गरेको छ।

    खेती विस्तार सँगै उत्पादन बढेको, सीमित बजार र प्रतिकूल मौसमका कारण केरा बिक्रीमा समस्या भएको खबराको राधाकृष्ण कृषि सहकारी संस्थाका अध्यक्ष सोवित शर्मा (सापकोटा)ले बताउनुभयो । केराका अन्य परिकार बनाउने र सहकारी मार्फत सङ्कलन गरेर पोखरा, बागलुङ, कुश्मामा बजार खोज्न थालिएको उहाँले बताउनु भयो । 

    बेनी नगरपालिकाको केरा पकेट कार्यक्रम मार्फत खबरामा ५ सय रोपनी भन्दा बढी क्षेत्रफलमा केराखेती भएको छ । १६ हजार भन्दा बढी केराका गाँज छन् । बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले खबराका किसानलाई केरा थामको रेशाबाट धागो बनाउने तालिम र प्रविधि सहयोग गरेको बताउनु भयो । 

    गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम मार्फत केराको रेशाबाट धागो बनाउने, थाम कुहाएर प्राङ्गरिक मल बनाउने र बजारीकरण गर्न मिलन संस्थाको आइदिया परियोजना सँग समन्वय गरेको उपप्रमुख लामिछानेले बताउनु भयो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend