images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • पाँच महिनामै बीमा कम्पनीबाट बाहिरियो ६...

पाँच महिनामै बीमा कम्पनीबाट बाहिरियो ६ अर्ब १० करोड रुपैयाँ

पाँच महिनामै बीमा कम्पनीबाट बाहिरियो ६ अर्ब १० करोड रुपैयाँ

images
images
मंगलवार, पौष २३ २०८१
मंगलवार, पौष २३ २०८१
  • काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिनामा बीमा कम्पनीहरूबाट ६ अर्ब रुपैयाँ भन्दा बढी बाहिरिएको छ।चालू आवको साउनदेखि मंसिर मसान्तसम्म जीवन बीमा कम्पनीहरूको ६ अर्ब १० करोड ७२ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको हो।

    images
    images

    नेपाल बीमा प्राधिकरणका अनुसार यस अवधिमा ४५ हजार ६० जना बिमितले पोलिसी सरेण्डर गरेका हुन्। यस अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको सबैभन्दा धेरै पोलिसी सरेण्डर भएको छ। यस कम्पनीको ११ हजार ७९३ वटा पोलिसी बापतको एक अर्ब ९३ करोड ३५ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ।

    सर्वाधिक पोलिसी सरेण्डर हुने कम्पनीहरूको दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। यस कम्पनीको १० हजार ३१७ वटा पोलिसी बापतको एक अर्ब ६७ करोड ९६ लाख रुपैयाँ बराबरको सरेण्डर भएको छ।प्राधिकरणको अनुसार चालू आवको पाँच महिनामा राष्ट्रिय जीवन बीमा कम्पनीको ५१ करोड ३२ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर हुँदा नेशनल लाइफ इन्स्योरेन्सको ३७ करोड ११ लाख रुपैयाँको सरेण्डर भएको छ। यसका साथै मेट लाइफको १७ करोड २३ लख र एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ४० करोड १४ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ।

    images
    images

    त्यस्तै, यस अवधिमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको २८ करोड ३० लाख, सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीको ३२ करोड ६४ लाख, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको १० करोड ९५ लाख र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको ८ करोड ४३ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ।

    सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ८ करोड बराबरको पोलिसी सरेण्डर हुँदा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको ७ करोड ८० बराबरको सरेण्डर भएको छ। यस अवधिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड ४६ लाख र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ९४ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend