images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • नेपाल लाइफको एम.डि.आर.टी अचिभर्स अवार्ड कार्यक्रम...

नेपाल लाइफको एम.डि.आर.टी अचिभर्स अवार्ड कार्यक्रम सम्पन्न,९५ जना अभिकर्ता सम्मानित

नेपाल लाइफको एम.डि.आर.टी अचिभर्स अवार्ड कार्यक्रम सम्पन्न,९५ जना अभिकर्ता सम्मानित

images
images
सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • काठमाडौं ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले माघ ५ गते 'एम.डि.आर.टी' अचिभर्स अवार्ड २०२५ सम्पन्न गरेको छ।

    images
    images

    सन् २०२४ को जनवरी देखि डिसेम्बर अन्तिमसम्ममा 'एम.डि.आर.टी २०२५' का लागि योग्य भएका ९५ जना अभिकर्तालाई सम्मानित गरिएको छ।

    पानसमा दीप प्रज्वलन गरी कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, सञ्चालक शक्ति कुमार गोल्याण र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरे।

    images
    images

    कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्दै कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले सम्मानित हुने सबैलाई बधाई दिँदै आगामी वर्ष झन् बढी संख्यामा एमडिआरटीहरूलाई सम्मान गर्न कम्पनी लालायित रहेको बताए। 

    आगामी दिनमा थप ऊर्जाका साथ बीमालाई नेपालीको घर दैलो सम्म पुर्‍याउन कुनै कसर बाँकी नराखी युद्धस्तरमा सम्पूर्ण अभिकर्ताहरू एक जुट भई लाग्न आग्रह गरे।कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले भव्य कार्यक्रम आयोजना गर्न पाउँदा मन हर्षित भएको बताए। 

    नेपाल लाइफले बीमा बजारको करिब एक तिहाइ हिस्सा ओगटेको र आगामी दिनमा आम नागरिकबीच बीमाको पहुँचलाई विस्तार गर्दै कम्पनीको उपस्थितिलाई झन् बलियो बनाउन आग्रह गरे।

    पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरू रहेको साथै उनीहरूकै अथक मेहनत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफू विश्वस्त रहेको कुरा बताए।

    अभिकर्ताहरुको चौतर्फी विकासका निम्ति कम्पनी संवेदनशील रहेको कुरा समेत प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए। 

    अभिकर्ता भनेको प्रगतिको सहयात्री भएको र सोको महत्वलाई मनन गर्दै आम नेपाली नागरिकलाई बीमाको उपयोगिता र औचित्यता प्रकाश पार्न सकिएमा नेपालको बीमा बजारमा प्रचुर सम्भावना रहेको र यसलाई मूर्तता प्रदान गर्न ठोस कार्ययोजना सहित अघि लम्कन आग्रह गरे।

    कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा यस कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले एमडिआरटी जस्तो अन्तर्राष्ट्रिय संस्थाले तोकेको मापदण्ड पूरा गरी क्वालिफाई हुन सफल भई कार्यक्रममा सामेल हुनुभएका अभिकर्ताहरूलाई बधाई तथा आगामी दिनका लागि शुभकामना व्यक्त गरे। 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend