images

२०८३ आश्विन २ गते

images
images
images
  • प्रविधि
  • स्मार्टफोनबाट डिलिट भएको फोन नम्बर कसरी...

स्मार्टफोनबाट डिलिट भएको फोन नम्बर कसरी रिकभर गर्ने?

स्मार्टफोनबाट डिलिट भएको फोन नम्बर कसरी रिकभर गर्ने?

images
images
बिहिवार, माघ १० २०८१
बिहिवार, माघ १० २०८१
  • काठमाडौं ।  स्मार्टफोनमा धेरै उत्कृष्ट सुविधाहरू उपलब्ध छन्, तर केही मानिसहरूको व्यस्त जीवनशैलीका कारण केही महत्वपूर्ण सुविधाहरूमा पनि ध्यानै नजान सक्छ । तर चिन्ता गर्नुपर्ने कुनै कारण छैन किनभने हामी तपाईंलाई सिकाउँछौं कि आफ्नो स्मार्टफोनबाट डिलिट भएका मोबाइल नम्बरलाई कसरी रिकभर गर्ने ।

    images
    images

    यो स्मार्टफोनको युग हो, र कुनै पनि सम्पर्क नम्बर सम्झन आवश्यक पर्दैन् । तर, यदि कुनै प्राविधिक समस्याका कारण सम्पर्क सूचीबाट नम्बर डिलिट हुन्छ भने पनि त्यसलाई सजिलै रिकभर गर्न सकिन्छ ।

    जीमेल कन्ट्याक्ट सिंक

    images
    images
     

    धेरै कम मानिसलाई थाहा छ कि कन्ट्याक्ट सूची जीमेलसँग लिंक हुन्छ । जब तपाईं आफ्नो स्मार्टफोनमा कुनै नयाँ फोन नम्बर थप्नुहुन्छ, यो स्वचालित रूपमा गूगल अकाउन्टसँग लिंक हुन्छ । यदि तपाईं सम्पर्क सूची सुरक्षित राख्न चाहनुहुन्छ भने तपाईंको जीमेल अकाउन्ट पनि सुरक्षित हुन आवश्यक छ । आफ्नो जीमेल अकाउन्ट सुरक्षित राख्नका लागि, पासवर्ड समय समयमा परिवर्तन गर्नुहोस् र पासवर्डमा विशेष वर्णहरू पनि थप गर्नुहोस् । साथै, दुई–कारक प्रमाणीकरण (डबल फ्याक्टर अथेन्टिकेसन) पनि अनिवार्य रूपमा अन गर्नुहोस् ।

    डिलिट भएको फोन नम्बर कसरी रिकभर गर्ने?

    जब कुनै सम्पर्क डिलिट हुन्छ, यो सिधै रिसाइकल बिनमा जान्छ, जसलाई प्रयोगकर्ताले सजिलै रिकभर गर्न सक्छन् ।यसका लागि आफ्नो जीमेल अकाउन्टमा लगइन गर्नुहोस् र यहाँ ‘कन्ट्याक्ट’ सेक्सनमा जानुहोस् ।अब बायाँपट्टि देखिएको मैनुमा टच गरी ‘मोर’ को अप्शन रोज्नुहोस् ।

    त्यसपछि ‘अण्डु चेन्जेज’ सेक्सन छान्नुहोस् । ‘अण्डु चेन्जेज’ सेक्सनमा तपाईंले भर्खरै डिलिट भएका फोन नम्बरलाई रिकभर गर्ने अप्शन पाउनुहुनेछ । त्यसपछि ‘रिस्टोर’ अप्शन छान्नुहोस् । यसो गर्दा तपाईंले डिलिट भएका सम्पर्कलाई पुनः प्राप्त गर्न सक्नुहुनेछ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend