images

२०८३ आश्विन २ गते

images
images
images
  • कृषि
  • एउटै गाउँपालिकामा ६ करोड रुपैयाँ भन्दा...

एउटै गाउँपालिकामा ६ करोड रुपैयाँ भन्दा बढीको आलु उत्पादन

एउटै गाउँपालिकामा ६ करोड रुपैयाँ भन्दा बढीको आलु उत्पादन

images
images
शुक्रवार, माघ ११ २०८१
शुक्रवार, माघ ११ २०८१
  • सिमकोटः सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकामा यसवर्ष ६ करोड रुपैयाँ भन्दा बढी मूल्यको आलु उत्पादन भएको छ। आलु खेतीबाट आम्दानी हुन थालेपछि किसानले ब्यवसायीक आलु खेती गर्न थालेपछि आलु उत्पादन बृद्धि भएको हो।

    images
    images

    सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीका अनुसार यसवर्ष गाउँपालिकाका आठ वटै वडामा छ करोड २५ लाख मुल्य बरावरको आलु उत्पादन भएर बिक्री हुने क्रम जारी रहेको छ। यो आलु किसानले उपभोग गर्ने समेत पर्छ। उनले गाउँपालिकाभर ६४० हेक्टर आलु खेती गर्दा बाह्र हजार पाँच सय क्वीन्टल आलु उत्पादन भएको बताए।

    सदरमुकाम सिमकोट आलु प्रतिकेजी पचास रुपियाँ पर्ने गर्छ। उनले गतवर्ष भन्दा आलु उत्पादन पाँच सय क्वीन्टल कम भएपनि आलु किसानका लागि आम्दानीको राम्रो श्रोत भएको बताए। आलु खेतीबाट आम्दानी हुने भएपनि किसानहरुले ब्यवसायीक रुपमा खेती गर्दा यति धेरै आलु उत्पादन हुन सकेको हो। गाउँपालिकाका अधिकाँस घरधुरीमा आलु खेती गर्ने गरिन्छ। त्यसैले प्रत्येक घरधुरीको आम्दानीको श्रोत आलु भएको छ। यो आलु सिमकोट बजार, ठेहे, खार्पुनाथ र सर्केगार्ड गाउँपालिका सम्म जाने गर्छ। आलु खेती आम्दानीको श्रोत भएको कारण गाउँपालिकाले आलु खेतीलाई बिस्तार गर्ने कार्यक्रम समेत ल्याउने उनले बताए।

    images
    images

    यस वर्ष बाह्र क्वीन्टल आलु उत्पादन गर्न सफल किसान जानकी रावतले गतवर्ष भन्दा कम उत्पादन भएको कारण आम्दानीमा कमी आएको बताईन। गोठे तथा प्राङ्गारिक मलबाट आलु खेती गरिने भएको कारण हुम्लाको आलु बिषदी रहित हुने गरेको छ। जिल्ला बाहिर समेत आलु उपहारका रुपमा पठाउने गरिन्छ। उनले आफुलाई नगद हातमा पर्नेमा आलु पनि भएको कारण अझै आलु खेती बिस्तार गरिने योजना रहेको बताईन।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend