images

२०८३ आश्विन २ गते

images
images
images

६ महिनामा आयो २५ अर्ब बढी वैदेशिक लगानी प्रतिबद्धता

६ महिनामा आयो २५ अर्ब बढी वैदेशिक लगानी प्रतिबद्धता

images
images
मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा २५ अर्ब बढी वैदेशिक लगानी प्रतिबद्धता (एफडीआई) आएको छ । २०८१ पुस मसान्तसम्ममा २५ अर्ब ७७ करोड रुपैयाँ बराबर  वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ ।

    images
    images

    विभागका अनुसार पुस मसान्तसम्म ‘अटोमेटिक रुट’ र ‘अप्रुभल रुट’ बाट गरी कुल २५ अर्ब ७७ करोड ६४ लाख बराबर लगानी प्रतिबद्धता आएको छ । यस अवधिमा कुल ३ सय ५४ उद्योग दर्ता भएका छन् ।दर्ता उद्योगमध्ये अटोमेटिक रुटबाट मात्र १ सय ५४  दर्ता भएको देखिएको छ । यो रुटबाट २ अर्ब ३८ करोड रुपैयाँ र अप्रुभल रुटबाट २३ अर्ब ३९ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

    यससँगै नेपालमा हालसम्म नेपालमा कुल वैदेशिक लगानीका लागि प्रस्तावित रकम ५ खर्ब ३७ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।  स्वीकृत लगानीका लागि ६ हजार ७ सय ५३ उद्योग दर्ता भएको विभागले जनाएको छ ।जसमध्ये साना उद्योग सङ्ख्या ३ सय ४५ छ । मझौला उद्योग सङ्ख्या ५ र ठुला उद्योग ४ रहेको विभागको तथ्याङ्क छ ।

    images
    images

    यसरी आएको लगानी प्रतिबद्धतामध्ये पनि पर्यटनमा ठुलो हिस्सा छ । पर्यटनमा कुल १ सय ५७ उद्योग दर्ता भएका छन् । यो कुल सङ्ख्याको ४४ प्रतिशत भएको विभागले जनाएको छ । यसैगरी सूचना प्रविधिमा १ सय १९, सेवा क्षेत्र ४५, उत्पादन २५ र कृषि क्षेत्रमा ६ उद्योग पूर्वाधारमा २ उद्योग दर्ता भएको छ । ऊर्जा र खनिजमा कुनै लगानी आएको देखिँदैन । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend