images

२०८३ आश्विन २ गते

images
images
images
  • अर्थतन्त्र
  • यातायात कार्यालय जुम्लाद्वारा ६ महिनामा ६७...

यातायात कार्यालय जुम्लाद्वारा ६ महिनामा ६७ लाख राजस्व सङ्कलन

यातायात कार्यालय जुम्लाद्वारा ६ महिनामा ६७ लाख राजस्व सङ्कलन

images
images
आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • जुम्ला । जिल्लास्थित यातायात व्यवस्था कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा रु ६७ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

    images
    images

    नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट चालु आव २०८१/८२ को साउनदेखि पुससम्ममा सो कार्यालयले रु ६७ लाख ४४ हजार राजस्व सङ्कलन भएको निमित्त कार्यालय प्रमुख लोकबहादुर महतले जानकारी दिए । निमित्त कार्यालय प्रमुख महतका अनुसार चालु आवको छ महिनामा यातायात क्षेत्रको आम्दानीतर्फ रु १० लाख ४२ हजार, चालक अनुमतिपत्र (लाइसेन्स), सवारीसाधन दर्ता किताब (ब्लुबुक) दस्तुर रु ३० लाख ३५ हजार र सवारी साधन करतर्फ रु २६ लाख ६६ हजार राजस्व सङ्कलन भएको छ । यस्तै, चालु आवको सो अवधिमा पुस मसान्तसम्म एक सय १३ वटा सवारीसाधन दर्ता भएको निमित्त कार्यालय प्रमुख महतको भनाइ छ ।

    कार्यालय स्थापनादेखि हालसम्म निजी र सरकारी सवारीसाधन गरी तीन हजार दुईसय ३३ वटा सवारीसाधन दर्ता भएको यातायात व्यवस्था कार्यालयले जनाएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend