images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • सानिमा रिलायन्स लाइफको एलिट अचिभर्स नाइट...

सानिमा रिलायन्स लाइफको एलिट अचिभर्स नाइट भव्यताका साथ सम्पन्न

सानिमा रिलायन्स लाइफको एलिट अचिभर्स नाइट भव्यताका साथ सम्पन्न

images
images
आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • काठमाडौं ।  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले २०२५ का लागि MDRT | COT | TOT मा योग्य हुनुभएका एजेन्सी म्यानेजरहरुका लागि सम्मान कार्यक्रम सम्पन्न गरेको छ । 

    images
    images

    चन्द्रागिरी हिल्स रिसोर्टमा आयोजना गरिएको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कणेल, प्रमुख व्यवसाय अधिकृतहरू, प्रदेश प्रमुख, क्षेत्रीय म्यानेजर, एरिया म्यानेजर, ब्रान्च तथा सब–ब्रान्च म्यानेजरहरुको उपस्थिति रहेको थियो ।

    २०२५ को लागि कम्पनीबाट १ जना TOT , २ जना COT अनि २४ जना MDRT को लागि योग्य भएका छन्  । TOT को लागि योग्य नमिता न्यौपाने यसअघि पनि २ पटक TOT भई सकेका छन् । साथै, रण बहादुर तामाङ पहिलो पटक COT को लागि योग्य हुनुभएको छ भने नारायण बहादुर गुरुङ दोस्रो पटक COT को लागि योग्य भएका हुन् ।

    images
    images

    विश्वभरिका अभिकर्ताहरू माझ Million Dollar Round Table (MDRT) निक्कै नै प्रख्यात छ । यस मञ्चमा तोकिएका मापदण्डहरू पूरा गर्न सफल भएका विश्वभरिका अभिकर्ताहरूको वार्षिक रूपमा उपस्थिति रहने गर्दछ । सन् २०२५का लागि MDRT को लक्ष रु. ४६,९२,९००, COT को लागि रु. १,४०,७८,७०० र TOT को लागि रु. २,८१,५७,४०० तोकिएको थियो ।

    कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सम्पूर्ण योग्य एजेन्सि म्यानेजरहरूलाई बधाई दिँदै यस्तै प्रकारका अन्य अन्तर्राष्ट्रिय कार्यक्रममा अझै बढी सहभागिता बढाउनको लागि कम्पनीबाट आवश्यक सहयोग र प्रोत्साहन गरिने बताएका थिए  । यसका साथै कम्पनीको व्यवसाय विस्तारमा अभिकर्ताहरू आधारशिला भएकाले कम्पनीमा कार्यरत सम्पूर्ण अभिकर्ताहरूलाई पनि धन्यवाद प्रदान गरेका थिए । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend